अपहरण र हत्याको त्रास – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

अपहरण र हत्याको त्रास

अघिल्लो साता भक्तपुरको अपहरण र हत्यापछि उपत्यकाको शान्ति सुरक्षामा जटिल प्रश्न चिन्ह खडा भएको छ । अपहरणपछि प्रहरीलाई खबर भएको र फिरौती समेत माग गरिएको उक्त घटनामा ११ वर्षे बालक निशान खड्कालाई बचाउन प्रहरी असफल भयो । तर उक्त घटनाका आरोपी भनिएका २ जना इन्काउन्टरमा मारिए ।

यतिखेर भक्तपुरको सूर्यबिनायकको जंगलमा भएको उक्त इन्काउन्टरबारे विभिन्न खाले प्रतिक्रिया आइरहे पनि बालक अपहरण र हत्याको सर्वत्र निन्दा र भत्र्सना भई रहेको छ । यो निन्दनीय कार्यको सबै तह र तप्काबाट जति भत्र्सना गरेपनि निशान खड्काको ज्यान फर्केर आउँदैन । उसको भौतिक शरीर समेत मलेसियामा श्रम गर्ने गएका बाबु आएर दाहसंस्कार गरिसकेका छन् ।

लाखौं बालबालिका स्कूल जाने र घरबाट टाढा रहने हुँदा शान्ति सुरक्षा खस्कनु भनेको हरेक आमाबुबाको लागि चिन्ताको विषय हो । आफ्ना बच्चाहरुलाई स्कूल पठाएर दैनिकी कार्य क्षेत्रमा व्यस्त भई रहँदा बेलुकी आप्mना बालबालिका घर नफर्केसम्म प्रत्येक बाबुआमा निकै तनावपूर्ण अवस्थाबाट गुज्रीरहेका हुन्छन् । समाजमा हुने यस्ता खाले अकल्पनीय असोभनिय कार्य गर्ने जो कोहीलाई उन्मुक्ति दिने काम गर्नु हुँदैन । यद्यपी घटनाको सत्यतथ्य भने छानबिन गर्नैपर्छ ।

निशान खड्काको घटना सानो होईन, अबोध बालबालिका अपहरण गरेर फिरौति माग्ने हत्याराहरु कुनै हालतमा पनि सजायको भागीदार हुनैपर्छ । शान्ति, सुरक्षा, अमन–चयन कायम गर्न सरकार विस्तारै असफल हुँदै गएको छ । बालिका बलात्कार र बलात्कारपछि हत्या भएको घटना सेलाउनै नपाईकन निशान खड्काको हत्या भएको छ । प्रहरीको प्रयास पनि फितलो देखिएको छ । प्रहरीले निशान खड्कालाई बचाउन सकेन । हत्या भई सकेपछि मात्र २ जनालाई जंगलमा इन्काउन्टर गरेको छ ।

शान्ति व्यवस्था तथा प्रहरीले अति उच्च सतकर्ता अपनाउन नसकिएको कारण अबोध बालक निशान खड्काको हत्या भएदेखि सबै क्षेत्रका बासिन्दाहरु त्रसित हुन थालेका छन् । त्यसैले कैलाली, कञ्चनपुरका बालिका अपहरणपछि बलात्कार र बलत्कारपछि हत्या यी दुवै घटनाले नेपाली समाजलाई निकै चिन्तित बनाएको छ ।

कैलाली र कञ्चनपुरका माया विक, कविता विष्ट र निर्मला पन्तमाथि भएका बलात्कार र बलात्कारपछि भएको पासविक हत्यापछि सुदूरपश्चिमको पनि शान्ति सुरक्षामा निकै खलल हुन पुगेको छ । उक्त स्थानमा केही अगाडि यस्तैखाले घटनाले साम्प्रदायिक हिंसा भड्किंदा सुरक्षा निकायका माथिल्लो दर्जाका अधिकृतको समेत निहत्था रुपमा हत्या भएको थियो ।

यस्तै अपत्यारिलो जघन्य अपराध जो कोहीले पनि कल्पना समेत गर्न सक्दैन । त्यसैले यी दुवै घटनालाई राज्यले झारा टार्ने र रिपोर्ट तयार पार्ने काम मात्र नगरी गहन रुपले अनुसन्धान गर्न जरुरी छ । प्रहरी प्रशासनले पनि यस्तो जघन्य अपराध समाजमा कसरी हुन्छ, त्यसको सुक्ष्म अध्ययन गर्न जरुरी छ । समाजका समाजसेवी, बुद्धिजिबी, सञ्चारकर्मी, प्रहरी प्रशासन तथा नागरिक समाजले यस्ता खाले जघन्य अपराध हुन नदिन सचेत रहन जरुरी छ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ श्रावण २८, ०७: ४४

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ श्रावण २८, ०७: ४४

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७५ श्रावण २८, ०७: ४४

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...