विद्युतीय सामाग्रीहरुको ब्यापक प्रयोग बढाऔंः मन्त्री भुसाल – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

विद्युतीय सामाग्रीहरुको ब्यापक प्रयोग बढाऔंः मन्त्री भुसाल

काठमाडौं । विद्युतीय सामाग्रीहरुको ब्यापक प्रयोग बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आग्रह गरेकी छिन् । आगामी मंशिरबाट विद्युत महसुल समायोजन हुने भएपछि मन्त्री भुसालले विद्युत शुल्क कम पर्ने भएकाले विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोग बढाउन सुझाव दिएकी हुन् ।

‘विपद् र सामुदायिक रेडियो अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री भुसाले सम्पूर्ण नेपाली जनतालाई विद्युतीय सवारी साधन, घरायसी प्रयोगका समाग्रीहरुको ब्यापक प्रयोग गर्न आग्रह गरेकी हुन् ।

सामुदायिक रेडियो प्रसारक संघ नेपालले आयोजना गरेको कार्यक्रममा नेपालमा विद्युत् महसुल मंहगो भएको र आफ्नो पहिलो कदम नै महसुल समायोजन रहेको उनले बताइन् । उनले भनिन् ‘हाम्रोमा विद्युत्को दर महँगो छ । सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन ।’

विद्युत्को दरमा पुनर्विचार गरेर विद्यत् मंशिर १ गतेबाट विद्युत् महसुल समायोजन गर्न लागिएको उनले बताइन् ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ कार्तिक २८, १३: ५२

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ कार्तिक २८, १३: ५२

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ कार्तिक २८, १३: ५२

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...