
काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी अधिकृतहरुलाई दर्जानी चिन्ह प्रदान गरिएको छ । प्रहरीका निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच दर्जानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको मंसिर ९ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदामा पदोन्नति भएका अधिकृतहरूमा प्रहरी उपरीक्षकहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट दर्जानी चिन्हबाट सुशोभित भएका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक शाहीले बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने बताए । संगठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै कानुनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिए ।
कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट प्रहरी उपरीक्षक जनक बहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...