दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचारमा समस्या – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
१३ विशेषज्ञ चिकित्सकको दरबन्दी, एकस्थायी र दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन

दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचारमा समस्या

उदयपुर । उदयपुरको जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पताल सञ्चालनमा समस्या हुँदै आएको छ । तीन लाख ५० हजार उदयपुरवासीको साझा अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि एकस्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ ।

पचास शैया क्षमताको उक्त जिल्ला अस्पतालमा उपचारका लागि आउने विभिन्न रोगीको चाप बढ्दै गएको र सम्बन्धित रोगको विशेषज्ञको अभावमा उपचारमा असर परेकोे अस्पतालका कर्मचारीले बताएका छन् ।

जिल्ला अस्पतालका प्रमुख तथा मेडिकल अधिकृत जीवनारायण मण्डलका अनुसार तेह्र जनाको दरबन्दीमध्ये अहिले एक स्त्रीरोगसम्बन्धी र एक जनरल फिजिसियन र एक मेडिकल अधिकृतमात्र रहेकाले सोचेजस्तो उपचार हुन सकेको छैन् ।

उपचारका लागि धेरै बिरामी आउने गरेको र आवाश्यक जनशक्ति नहुँदा सम्बन्धित रोगका बिरामीहरुलाई जिल्ला बाहिर पठाउन बाध्य भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ मंसिर १३, १४: ५२

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ मंसिर १३, १४: ५२

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०७८ मंसिर १३, १४: ५२

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...