काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन, प्रचण्ड र ओली एउटै मञ्चमा – Naya Bikalpa
March 29, 2024, Friday

काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन, प्रचण्ड र ओली एउटै मञ्चमा

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा बत्ती बालेर काठमाडौं भृकुटीमण्डपमा गरेका छन् । त्यस्तै देउवाले काँग्रेसको एपको पनि उद्धाटन गरेका छन् ।

उद्घाटन सत्रमा पार्टीका शिर्ष नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘पचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगाएतका नेताहरुको उपस्थिति रहेको छ ।

नेकपा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै १ वर्षपछि एउटै मञ्चमा देखिएका हुन् भने नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छ महिनापछि गरेका हुन् ।

काँग्रेस निर्वाचन कार्य तालिकाका अनुसार नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु हुने र मतदान आइतबार हुनेछ ।

काँग्रेस संस्थापनइतरले सभापतिमा उम्मेदवारको टुंगो लगाइनसकेको अवस्थामा संस्थापन पक्षले सभापतिमा हालसम्म शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
  • २०७८ मंसिर २४, १५: ०६

काठमाडौं । नेपाल ‘ए’ ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि...

अनधिकृत सडक बत्तीको लाइन जुनसुकै बेला काट्ने चेतावनी, स्थानीय पालिकाहरु चकित
अनधिकृत सडक बत्तीको लाइन जुनसुकै बेला काट्ने चेतावनी, स्थानीय पालिकाहरु चकित
  • २०७८ मंसिर २४, १५: ०६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चेतावनी दिदै सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई ताकेता गरेको छ । सार्वजनिक सूचना जारी...

भारत– नेपाल शिल्पकला महोत्सव–२०२४ ठमेलमा शुरु
भारत– नेपाल शिल्पकला महोत्सव–२०२४ ठमेलमा शुरु
  • २०७८ मंसिर २४, १५: ०६

काठमाडौं। राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा विहीबारबाट भारत–नेपाल शिल्पकला महोत्सव–२०२४ शुरु भएको छ। सो महोत्सवको विहीबार उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या...