
धनगढी । कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय अर्जुन दासको अज्ञात समुहले घाटीरेटी हत्या गरेको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरि अनुसन्धान थालेको हो ।
प्रहरीका अनुसार हत्याको घटनापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी श्रीमती धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा पठाउने युुवक पक्राउ परेका हुन् । गत शुक्रबार साँझ घरबाट हिँडेका दास शनिबार साँझ जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा घाँटी छिनाएको अवस्थामा मृत फेला परेका थिए ।
मृतककी श्रीमतीको फेसबुक म्यासेन्जरमा अडियो वठाउने युवकलाई आइतबार साँझ पक्राउ गरिएको र उनीमाथि अनुसन्धान शुरु गरिएको कैलाली प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले सञ्चारकर्मीलाई बताए । प्रहरी उपरीक्षक अधिकारीले घटनामा उसको संलग्नताबारे अनुसन्धान भइरहेको र अहिले नै नाम सार्वजनिक गर्न नसकिने र अन्य संलग्नहरुको खोजी भइरहेको जानकारी दिए ।
मृतक दासकी धर्मपत्नीको फेसबुक म्यासेन्जरमा हत्या भएको अडियो आएपछि उनले शनिबार प्रहरी चौकीमा जानकारी गराएकी थिइन् ।
घटनाको जानकारी पाए लगतै आक्रोशित स्थानीयहरुले हत्यामा संलग्नलाई पक्राउको माग गर्दै आइतबार शव उठाउन मानेका थिएनन् । दोषीलाई कडा भन्दा कडा करवाही, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारको जीउज्यान सुरक्षाको ग्यारेन्टी हुनुपर्ने अघि सार्दै आक्रोशित स्थानीयहरुले संघर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।
सोमबार स्थानीय जनप्रतिनिधिहरुको अगुवाइमा भएको छलफल पछि घटनाको अनुसन्धानलाई सहज बनाउन पीडित परिवारले मृतक दासको शव प्रहरीलाई उठाउन दिने सहमति गरेको जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले जानकारी दिए । यता जिल्ला प्रहरी कार्यालयका कैलालीले पनि अहिले पीडित पक्ष शव उठाउन सहमत भएको जानकारी गराएको छ ।
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...