
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि २९ वटा मतपत्रमा मतदान गरेका छन् । कांग्रेसको पार्टी विधानमा सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत कटाउनुपर्ने व्यवस्था भएपछि पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत कटाउन सकेनन् ।
सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सकेर बाँकी उम्मेदवारको मतगणना कांग्रेस पार्टी कार्यालय सानेपामा गरिदै आएको छ । महाधिवेशनमा सभापति सहित दुई उपसभापति, दुई महामन्त्री र समावेशी सहित आठ सह-महामन्त्रीका लागि पदाधिकारी, मतदानबाट खुल्ला ३५, महिला, मधेसी र दलित ९-९, हरेक प्रदेशबाट ३ जना सहित २१, आदिवासी जनजाति १५, खस आर्य १३, थारु ४ मुस्लिम ३ र पिछडिएको क्षेत्र, अपाङ्ग र अल्पसङ्ख्यकबाट १-१ जना केन्द्रीय सदस्य निर्वाचित हुनु पर्ने छ ।
कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत हुने विधानमा व्यवस्था गरिएको छ । पुरै परिणाम आउन अब २ दिनसम्म लाग्ने बताइन्छ । पार्टी भित्रको मिश्रित मत परिणामले के सन्देश दिएको छ भने देशभित्रका र देश बाहिरका अलोकतान्त्रिक शक्तिहरुको प्रहार चिर्न युवापुस्तालाईसंगै लगेर पार्टीलाई एकतावद्ध कायम राख्न १४औं महाधिवेशनले सन्देश प्रवाह गरेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा अगुवाइपूर्ण भूमिका निर्वाह गरेको काँग्रेसले स्थापनाको ७५ वर्षे यात्राका क्रममा १३ वटा महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस पटक १३ पदाधिकारीसहित १३४ केन्द्रीय तहको नयाँ नेतृत्व निर्वाचित गर्दै पछिल्लो संवैधानिक प्रावधानअनुसार पार्टीको विधानलाई परिमार्जन गरी सोहीअनुसारको नेतृत्व निर्वाचित गरिरहेको छ । महाधिवेशनदेखि समावेशी चरित्रलाई पूणर्तः आत्मसात् गर्दै काँग्रेसले महिला, दलित, जनजाति, आदिवासी, मुस्लिम, थारू, खस, आर्य, पिछडिएका वर्गलगायतलाई केन्द्रीय तहका पदाधिकारीमा पुग्ने गरी बाटो खोलिदिएको छ ।
पार्टी केन्द्रमा मात्र होइन, पार्टीको वडा, गाउँ तथा नगर, प्रदेश तथा क्षेत्रीय संरचनामा समेत समावेशी पक्षलाई अवलम्बन गरिएको विधानअनुसार निर्वाचन प्रक्रियाले सन्देश प्रवाह गरेको छ । नीति र नेतृत्व गरी दुईवटा विषयले विशेष महत्व राखेको यस अघिका महाधिवेशन भन्दा फरक यस पटक मूलतः नेतृत्वको निर्वाचनमा नै सीमित रहेको छ ।
यस हिसाबले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत भएको छ । यतिबेला सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत तथा संविधानको सफल कार्यान्वयनमार्फत नेपालीलाई समृद्धिको यात्रामा अगाडि लैजानुपर्ने गहन जिम्मेवारी काँग्रेस नेतृत्वको काँधमा आएको छ । नवनिर्वाचित नेतृत्वको मुख्य कार्यभार पार्टीभित्रको आन्तरिक राजनीतिलाई व्यवस्थित गर्दै अन्य राजनीतिक दललाई पनि सँगै हिँडाउने अभिभावकीय भूमिका खेल्नु पर्ने दायित्व काँग्रेस भित्र रहेको छ ।
नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताले पनि काँग्रेसलाई अभिभावकीय भूमिकामा नै सुझाएका छन् । काँग्रेससित नेपालको लोकतान्त्रिक आन्दोलन, विकास र संस्थागत क्रममा गौरवपूर्ण इतिहास छ । राणा शासनको अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना मात्र होइन, संविधानको सफल कार्यान्वयनमा काँग्रेसले निर्वाह गरेको भूमिका विशेष महत्वको छ तर गौरवपूर्ण इतिहास भएर मात्रै काँग्रेसलाई आगामी राजनीतिक यात्रा अगाडि बढाउन कठिन हुनेछ । त्यसैले आफु रूपान्तरण हुँदै जनजनमा दरिलो ढङ्गले काँग्रेस स्थापित गराउने दायित्व वर्तमान नवनिर्वाचित समितिमा आएको छ ।
काँग्रेसजनमा सशक्त, बलियो र जीवन्त सन्देश दिनु काँग्रेसका नेता तथा कार्यकर्ताको पनि मुख्य चुनौती हो । एकातिर पार्टीका लाखौँ कार्यकर्ता तथा शुभेच्छुकलाई काँग्रेसमा रूपान्तरण भएको भनी नयाँ आशाको रक्तसञ्चार गराउनु जरुरी छ भने अर्कोतर्फ काँग्रेसको महाधिवेशनलाई नजिकबाट नियालिरहेका राजनीतिक शक्ति र आमजनतालाई पनि लोकतन्त्र, विकास, शान्ति र समृद्धिको क्षेत्रमा काँग्रेस नै भरपर्दो राजनीतिक शक्ति हो भन्ने विश्वास जागृत गराउनुपर्ने अहिलेको आवश्यकता रहेको छ ।
नयाँ नेतृत्व निर्वाचित गरेर काँग्रेसले अन्य राजनीतिक शक्तिलाई पनि अर्थपूर्ण सन्देश दिएको छ । एकातीर आमनेपालीलाई सुखद भविष्यको आशा सञ्चार गर्न सकेको छ भने अर्को तर्फ नयाँ युग प्राप्त गर्ने अवसरका रुपमा महाधिवेशन पनि पूर्ण रूपमा सफल भएको मानिएको छ ।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौं । सरकारले ६ राजदूतलाई फिर्ता बोलाएको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...