
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती कांग्रेस र शुभेच्छुक संस्थाले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
जन्मजयन्तीमा भट्टराई निवास ललितपुरको बाँडेगाउँमा सरकारले बनाइदिएको आश्रम भने सुनसान रह्यो । कोरोना महामारीपछि बाँडेगाउँमा कुनै कार्यक्रमको आयोजना गरिएको छैन । यस बर्ष ललितपुरको सातदोवाटोदेखि बाँडेगाउसम्मको सडकको जिर्ण अवस्था र कोरोना जोखिमका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइएको छ ।
बाँडेगाउँमा भट्टराईको पूर्णकदको शालिक समेत रहेको छ । किशुनजीका नामले परिचित सन्त नेता भट्टराई राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
माओवादीसँग १२ बुँदे समझदारी गरेर कांग्रेसले राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रमा गएको भन्दै रुष्ट बनेका पूर्व प्रधानमन्त्री भट्टराईले जीवनको उत्तराद्र्धमा कांग्रेस परित्यागको घोषणा गरेका थिए ।
सन् १९२४ पुष ८ गते भारतको बनारसमा जन्मिनुभएका भट्टराईको विक्रम सम्वत् २०६७ साल फागुन २० गते निधन भएको थियो ।
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...