भारतमा ६० वर्षभन्दा माथिकालाई काेराेना विरूद्ध बुस्टर डोज दिइने – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

भारतमा ६० वर्षभन्दा माथिकालाई काेराेना विरूद्ध बुस्टर डोज दिइने

एजेन्सी । भारतमा ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज दिइने भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज दिने बताउनु बताएका हुन् ।

सञ्चार माध्यमले जानकारी दिए अनुसार मोदीले बुस्टर डोजलाई प्रिकसन डोज पनि भनेका छन् ।

बुस्टर डोज आउँदो जनवरी १० तारिख अर्थात पुस २६ गतेदेखि दिइने छ भने १५ वर्षदेखि १८ वर्षसम्मका किशोर किशोरीलाई पनि जनवरी ३ तारिखदेखि कोरोना विरुद्धको खोप दिइने बताइएको छ ।

सम्बन्धित समाचार

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ पुष ११, ११: १७

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०७८ पुष ११, ११: १७

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
  • २०७८ पुष ११, ११: १७

लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ ।यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा...