
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय अधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्ने बताएको छ ।
प्रथम राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादीले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्दै केन्द्रीय समितिको बैठकले विधान पनि पारित गरेको छ ।
स्थायी कमिटी बैठकका प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्दै पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था विधानले गरेको छ ।
माओवादी केन्द्रको महाधिवेशनका लागि विभिन्न जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइसकेको स्रोतले जनाएको छ । माओवादी स्रोतका अनुसार मनोनीत सहित प्रतनिधिहरु १६०० को हाराहारिमा रहेका छन् ।
महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा...
काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्।उनले आफूसँग परामर्श नगरी उक्त जिम्मेवारी...