
आइतबार थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर ७ हजार १ सय ८० पिसिआर परिक्षणका क्रममा २ सय १३ जना र २ हजार ४ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
त्यस्तै कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ४ सय २ पुगेको भने थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका कारण हालसम्म ११ हजार ५ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ८३ संक्रमित निको हुँदा हालसम्म ८ लाख १० हजार ७ सय ८० संक्रमित निको भएका छन् ।
हाल देशभर ४ हजार ९ सय ६ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...
लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ ।यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा...