लागूऔषध चरेससहित पोखरामा दुई जना पक्राउ – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

लागूऔषध चरेससहित पोखरामा दुई जना पक्राउ

कास्की । कास्कीको पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम जिल्ला भूमे गाउँपालिका –२ घर भइ हाल पोखरा –३२ सातमुहाने बस्ने ५६ वर्षीया कुमारी बुढा र १९ वर्षीय विकास थापा रहेको छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा –३२ स्थित सातमुहानेमा अवैध लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले १ किलो २३० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुमाथि लागूऔषध सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिइ आवश्यक अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ पुष १२, १२: १०

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०७८ पुष १२, १२: १०

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
  • २०७८ पुष १२, १२: १०

लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ ।यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा...