कालीकाेट जिल्लामा महिला मतदाताको सङ्ख्यामा वृद्धि – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

कालीकाेट जिल्लामा महिला मतदाताको सङ्ख्यामा वृद्धि

कालीकोट । कालीकोट जिल्लामा गरिएको मतदाता नामावली संकलनका क्रममा महिला मतदाता संख्या बढेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयले गत मङ्सिर १७ गतेदेखि यही पुस ९ गतेसम्म नौ स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामवली सङ्कलनका क्रममा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या वृद्धि भएको जनाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुर मल्लले स्थानीय तहमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलनको क्रममा कालीकोटमा जम्मा दुई हजार ५७८ मतदाता थपिएको बताए ।

हालसम्म संकलित तथ्याङ्कमा १ हजार ५ सय ६१ जना महिला र १ हजार १७ जना पुरुष गरी दुई हजार ५ सय ७८ जनाले नाम दर्ता गराएको प्रमुख मल्लले जानकारी दिए ।

त्यस्तै स्थानीय तहमध्ये तिलागुफा नगरपालिकामा ३ सय ११ महिला, १ सय ३७ पुरुष, रास्कोट नगरपालिकामा ३ सय १८ महिला, ३ सय पुरुष र महावैमा १ सय ४० महिला, ९२ पुरुषले नाम दर्ता गराएको बताए ।

त्यस्तै जिल्लाको नरहरिनाथमा ३ सय ८८ महिला तथा २ सय ११ पुरुष, शुभकालिकामा १ सय ८४ महिला तथा १ सय ५६ पुरुष, सान्नी त्रिवेणीकामा ८८ महिला तथा ६६ पुरुष, पचालभरनामा २ सय ७ महिला तथा ९२ जना पुरुष र पलाँता गाउँपालिका १३८ महिला ५९ पुरुष मतदाता थपिएको प्रमुख मल्ले बताए ।

त्यस्तै बाँकी रेहेका नागरिकहरुका लागि जिल्लामा अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको नामावली सङ्कलन कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ पुष १५, १५: २२

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ पुष १५, १५: २२

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ पुष १५, १५: २२

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...