
काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलहरुबीच आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १९ सिटका लागि सम्पन्न हुने राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार प्रस्तुत गर्ने निर्णय गर्दै नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने सहमति गरेको जानकारी दिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गठबन्धन सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर काकीले प्रदेश १ मा खाली तीन सिट मध्ये महिला तर्फ एकीकृत समाजवादी, पुरुषतर्फ कांग्रेस र अल्पसंख्यकमा जसपा, प्रदेश नंवर दुईमा महिला तर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट छुट्टाइएको जानकारी जानकारी दिए ।
त्यस्तै बागमति प्रदेशमा अन्यतर्फ कांग्रेस, महिलातर्फ समाजवादी, गण्डकी प्रदेशमा महिलातर्फ कांग्रेस, अन्य र दलित माओवादी केन्द्र, लुम्विनी प्रदेशमा पुृरुषतर्फ कांग्रेस, महिलातर्फ समाजवादी र दलिततर्फ राष्ट्रिय जनमोर्चालाई सिट छुट्टाउने सहमति भएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा महिलातर्फ कांग्रेस, अपाङतर्फ माओवादी र खुल्लामा समाजवादी तथा सुदूरपश्चिम प्रदेशमा खुल्लामा कांग्रेस, दलितमा माओवादी र महिलामा एकीकृत समाजवादीलाई दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।
हेर्नुहाेस् भिडियाे…
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...