तीनै तहकाे निर्वाचन काँग्रेस एक्लै लड्ने वा गठबन्धन अहिले नै टुङ्गाे लागेकाे छैन्ः महामन्त्री शर्मा – Naya Bikalpa
May 16, 2024, Thursday
सत्तारुढ पाँच दलीय गठबन्धनको आयु गठबन्धको एजेण्डा र आवश्यकताले निर्धारण गर्नेछ।

तीनै तहकाे निर्वाचन काँग्रेस एक्लै लड्ने वा गठबन्धन अहिले नै टुङ्गाे लागेकाे छैन्ः महामन्त्री शर्मा

काठमाडौं । मंगलबार विराटनगरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ पाँच दलीय गठबन्धनको आयु गठबन्धको एजेण्डा र आवश्यकताले निर्धारण गर्ने बताएका छन् ।

सत्ता गबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि साझा उम्मेदवार सहमति टुङ्गाएसंगैआगामी दिनको निर्वाचनमा नेपाली काँग्रेस एक्लै लड्ने या गठबन्धनको सहकार्यमा लड्ने भन्ने टुङ्गो लागि नसकेको जानकारी दिएका हुन्।

सञ्चारकर्मीले आगामी निर्वाचन एक्लै लड्छ या गठबन्धन कै साहारले लड्छ भन्ने जिज्ञासमा महामन्त्री शर्माले पाँच दलीय गठबन्धन यात्रा राष्ट्रिय सभा सदस्यको चुनावसम्म अघि बढेकोले तीन तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जान्छ या जाँदैन भन्ने बारेमा एजेण्डा र आवश्यकता निर्धारण गर्ने बताए । शर्माले कसैको घरमा पास्नीको निम्तोमा विवाहको शुभकामना दिन मिल्दैन भनेर जवाफ फर्काएका थिए ।

त्यस्तै फरक प्रशंगमा महामन्त्री शर्माले काँग्रेस नेतृत्वको सरकार सफल भएको बताए । सभापति शेरबहादुर देउवालाई महाधिवेशन पश्चात पाँच दलीय गबन्धनबाट सरकार चलाउन थप उर्जा मिलेको बताए । पाँच दलीय गठबन्धनको सरकारले निर्धारण गरेको खोप र चुनाव सम्पन्न गर्ने प्रमुख दायित्वमा दुवै सफल हुँदै गएको दाबी शर्माको रहेको छ ।

त्यस्तै शर्माले आगामी माघ १२ गतेको राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा गठबन्धनका दलले चुनाव जित्ने दाबीसमते गरे । गठबन्धनको सहकार्यले काँग्रेसलाई फाइदा भएको उनको तर्क छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७८ पुष २०, १३: ३३

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७८ पुष २०, १३: ३३

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...

कांग्रेस सांसदले विरोध जनाएपछि राष्ट्रियसभाको आजको बैठक स्थगित
कांग्रेस सांसदले विरोध जनाएपछि राष्ट्रियसभाको आजको बैठक स्थगित
  • २०७८ पुष २०, १३: ३३

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार नहुँदा राष्ट्रियसभाको विहीबारको...