
काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तोकिएको समयभित्रै निजगढ दुर्त मार्ग आयोजना सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले रक्षा, वन, भौतिक, आपूर्ति मन्त्रालयललाई आफ्नो क्षेत्रभित्र पर्ने दायित्व यथासिघ्र पुरा गर्दै आर्थिक वर्ष ८०÷८१ भित्र आयोजना सम्पन्न गर्ने वातावरण बनाउन निर्देशन दिएको हो ।
बैठकमा निजगढ दुर्त मार्ग आयोजना प्रमुख नेपाली सेनाका सहायक रथी विकास पोखरेलले प्रणाली र प्रक्रियाका कारण आयोजना निर्माणमा ढिलाई भएको बताएका थिए । दुर्त मार्गमा पर्ने रुख कटानसम्बन्धी समस्यालाई समाधान गर्ने हो भने आयोजना निर्माणले तीव्रता पाउने उनको तर्क थियो ।
त्यस्तै बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरुले दुर्त मार्ग समयमा नै निर्माण सम्पन्न गर्न आफ्नो मन्त्रालयको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
बैठकमा समिति सदस्यहरुले जग्गा र रुख कटानमा देखिएका समस्यालाई समाधान गर्दै आयोजना पुरा गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । आयोजनालाई आर्थिक वर्ष ८०÷८१ मा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...