शान्तिपूर्ण निर्वाचनको अपेक्षा ! – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

शान्तिपूर्ण निर्वाचनको अपेक्षा !

गत साता १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भयो भने दोस्रो चरणको निर्वाचन यही साता २१ गते हुँदैछ । संविधानको पूर्ण कार्यान्वयनको लागि हाल देशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनहरु भइराखेका छन् । मंसिर १० गते पहिलो चरण अन्तर्गत ३२ जिल्लाको ३७ स्थानहरुमा निर्वाचन सम्पन्न भयो । पहिलो चरणको निर्वाचन सरकारले शान्तिपूर्ण भनेता पनि विभिन्न स्थानहरुमा बमको आंतक मच्चियो ।

अहिले पनि निर्वाचनलाई लक्षित गरेर बम विस्फोट गराउने क्रम जारी छ । दाङमा भएको बम विस्फोटनबाट म्यादी प्रहरीको मृत्यु भयो । विभिन्न स्थानहरुमा बम विस्फोटबाट राजनैतिक दलका नेता तथा उम्मेदवारहरुनै घाइते भएका छन् । उम्मेदवार भएर प्रचार प्रसारमा लाग्नुपर्ने बेलामा अस्पतालको वास भएको छ ।

यस्तो बेलामा शान्ति सुरक्षा मजबुत छ भनेर सरकारले जति फलाके पनि जनता भने आंतकित छन् । शान्तिपूर्ण निर्वाचनको अपेक्षा जनताले आशा गर्नु स्वभाविक हो । तर मतदान स्थलसम्म पुगेर मत हाल्न मतदातालाई भए रहित वातावरणको सिर्जना गर्न सरकारले कुनै न कुनै रणनीति बनाउनु अत्यावश्यक छ । यही मंसिर २१ गतेको निर्वाचनलाई लक्षित गरेर केही विद्रोही मानसिकताका राजनैतिक दलसँग आबद्ध भएकाहरुबाट क्रास फैलाउनु अहिले जरुरत थिएन् । सधैँ आंतक फैल्याएर नयाँ नेपालको कल्पना गर्न सकिँदैन ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा खुल्ला राजनीतिक प्रतिस्पर्धामा राजनीति गर्न र जनताको माझ जान सबैलाई सहज वातावरणको बाटो नेपालको संविधानले पूर्ण रुपमा अंगिकार गरेको अवस्थामा अब पनि नेपाली जनता र बम आंतकबाट क्रसित हुनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ । संविधान सभाबाट निर्वाचित भएर नयाँ संविधान घोषणा पश्चात मुलुकमा युगान्तकारी परिवर्तन भयो भन्ने राजनैतिक दलहरु फेरी हिंसाको सहारा किन लिइराखेका छन् ? यदी संविधान सभाबाट बनेको नयाँ संविधानमा केही कमजोरी छ भने जनताको माझ गएर स्पष्टसँग सुधारको लागि सहयोग माग्न सक्नुपर्छ । जनताको माझ जान संधै डराउने अनि बन्दुक बोकेर समस्या समाधान गर्छु भन्न मिल्दैन ।

निहत्या नेपाली दाजुभाइ, दिदीबहिनीहरुको ज्यानको बलिदानबाट बनेको संविधानलाई पूर्ण कार्यान्वयन गर्न सबै नेपाली सहमत भईसकेको अवस्थामा फेरी पनि राजनैतिक परिवर्तनलाई भनेर ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना गर्नु हुँदैन । यतिबेला दलहरु च्ुनावी प्रचारमा छन् । तर जनता भने आंतकित छन् । केही दिनको रोजगारीमा म्यादी प्रहरीमा जागिर खान गएका निहत्था व्यक्तिको बम विस्फोटमा परी निधन हुनु अति दुःखद् घटना हो ।

२०५२ सालमा पनि यस्तो सानो तिनो घट्ना भयो भन्दै २०६४ सालसम्म आइपुग्दा १७ हजार नेपालीको ज्यान गुम्न गयो । तर त्यो अवस्था अर्थात राजनैतिक परिवर्तनका लागि अब कसैले पनि बन्दुक उठाउनु पर्ने अवस्था नभएता पनि अहिलेसम्म प्राप्त उपलब्धीलाई संस्थागत विकास गर्दै अगाडी बढ्नुको बिकल्प छैन । त्यसैले सरकार ठूला राजनैतिक दल सबैले आ–आफ्नो तह र तप्काबाट शान्तिपूर्ण निर्वाचनको लागि लागि पर्नु नै बेस हुनेछ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ मंसिर १८, ०९: २०

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ मंसिर १८, ०९: २०

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ मंसिर १८, ०९: २०

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...