
काठमाडौं । नेकपा एमालेले नयाँ नेतृत्व चयन गर्दै ६६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । अधिकांश जिल्लाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको र शुक्रबार बिहानसम्ममा ६३ जिल्लाको परिणाम आएको एमालेले जानकारी दिएको थियो ।
त्यस्तै प्रदेश १ का का सबै जिल्लाले नयाँ नेतृत्व पाएका छन् भने प्रदेश २ मा सप्तरी र सिरहाबाहेक ५ जिल्लाको नेतृत्व चयन बाँकी छ ।
यता, बागमती प्रदेशको सिन्धुपाल्चोक र चितवनबाहेक अरु जिल्लाको अधिवेशन सकिएको बताइएको छ । गण्डकीका हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक सबै जिल्लाको नेतृत्व चयन भएको छ भने लुम्बिनीमा रोल्पा र पुर्वी रुकुमबाहेक अन्यत्र सकिएको छ ।
एमालेका अनुसार केही जिल्लामा नेतृत्व चयनका लागि मतनदानको प्रक्रिया जारी रहेपनि सिन्धुपाल्चोकमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको छ।
त्यस्तै दैलेख, पर्सा र चितवनमा अधिवेशन अवरुद्ध भएको नेकपा एमालेले जानकारी दिएको छ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...