
काठमाडौं । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले बिहीबार पहिरोको केही भाग पन्छाएको र शुक्रबार पनि खोजी कार्य जारी राखिएको बताए । उनले बेपत्ताहरुको खोजी कार्यमा नेपाली सेनाको मेजरको कमाण्डमा २० जना, सशस्त्र प्रहरीको इन्स्पेक्टरको कमाण्डमा ११ जना र नेपाल प्रहरीका ५ जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको बताए ।
बेपत्ता हुनेहरुमा डोजरसँगै चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएको स्थानियहरुले बताएका छन् । पहिरोका कारण डोजर करिब १ सय मिटर तल बताइएको छ
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...