पत्रकार महासंघका अध्यक्ष पोखरेलको बिबादस्पद भूमिकाप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यले गरे बैठक बहिस्कार – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

पत्रकार महासंघका अध्यक्ष पोखरेलको बिबादस्पद भूमिकाप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यले गरे बैठक बहिस्कार

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय बैठक कपिलवस्तुको तिलौराकोटमा आयोजित बैठक महासंघका अध्यक्ष विपुल पोखरेलको नैतिकतामाथि प्रश्न उठाउदै १७ जना केन्द्रीय सदस्यहरुले बैठक बहिष्कार गरेका छन् ।

महासंघका महासचिव रोशन पुरीले बैठकको अध्यक्षता गरिदिन पोखरेललाई आग्रह गर्नासाथ विरोध गरेका थिए । विवादित मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा लगायतका प्रश्नहरुको उचित सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने उनीहरुको माग रहेको छ ।

महासंघ अध्यक्ष पोखरेलको बिबादस्पद भूमिकाले गर्दा पेशागत व्यवसायिक मर्यादामा रहेर काम गर्ने पत्रकार र पत्रकारहरुको साझा संगठनको निष्पक्षता माथि गम्भीर उठेको र पत्रकारहरुको मान, मर्यादा, ख्याति र प्रतिष्ठा तथा महासंघको तठस्थ र विवादरहित भूमिकामा समेत आँच पुर्याएको ठहर गर्दै केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएका थिए ।

केन्द्रीय सदस्यहरुले बैठक बहिष्कार गरेपछि महासंघको केन्द्रीय समिति बैठक औपचारिक रुपमा सुरु हुन नसकेको बताइन्छ ।

यो पनि पढ्नुहोस्

https://www.nayabikalpa.com/%e0%a4%97%e0%a5%83%e0%a4%b9%e0%a4%aa%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a0/%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a4-%e0%a4%ae%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%85%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%ac%e0%a4%be/

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ पुष ३०, १२: ४६

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ पुष ३०, १२: ४६

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ पुष ३०, १२: ४६

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...