निर्वाचनले दिएको सन्देश – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

निर्वाचनले दिएको सन्देश

नेपालको संविधान २०७२ ले निर्देशित गरेको संविधान कार्यान्वयनको दोस्रो खुड्किलो सफलतापूर्वक सम्पन्न भएको छ । हिमाली जिल्लाको ३२ जिल्लामा मंसिर १० गते सम्पन्न निर्वाचन र बाँकी ४५ जिल्लाको मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक म्यादी प्रहरी जवानको ज्यान गएको भएता पनि अन्य स्थानमा ठूलो घट्ना घट्न पाएन । यो निर्वाचन स्थानीय निकायको निर्वाचन भन्दा निकै शान्त देखियो । मंसिर २१ गते भएको निर्वाचनमा बिहानैदेखि मतदाता मत हाल्न आतुर देखिए । आफ्नो मतको मतदान नेपाली जनताले आफूखुशी स्वतस्फूर्त गरेको देखियो । लोकतन्त्रमा सबैको समान हक रहेको यो निर्वाचनले पुष्टी गरेको छ । नयाँ संविधान कार्यान्वयन अन्तर्गत स्थानीय निकायको निर्वाचन सम्पन्न भएको हुँदा जनताले सेवा सुविधा पाउन थालेका छन् । शान्तिपूर्ण वातावरण निर्माण भई स्थानीय तहका निर्वाचित पदाधिकारीहरुले आफ्नो आफ्नो कामकाज सकेका छन् । त्यसैले अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनताले दिएको म्याण्डेट अनुसार सरकार बनाउने र सरकार भन्दा बाहिर बस्नेले प्रतिपक्षीको रचनात्मक भूमिका खेलेर संविधान कार्यान्वयन गर्नुपर्ने कार्यभार सबै राजनैतिक दलको काँधमा आई परेको छ । हचुवाको भरमा सत्ताको लागि मात्र मरिमेट्ने नेपालका राजनीतिक दलको काँधमा आएको यो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गराउन सबै राजनैतिक दल, बुद्धिजीवी समेतको अहम् भूमिका हुने हुँदा सहमती, एकता र सहकार्यको लागि सबै तयार हुनु पर्दछ । निर्वाचन जित्नेले पछाडी फर्केर नहेर्ने र निर्वाचन नजित्नेले सत्तापक्षलाई सत्तोसराप गरेर मात्र अब मुलुक अगाडी बढ्न सक्दैन । राजनीतिक हिसाबले हेर्ने हो भने नेपालको राजनीतिमा प्रत्येक १०÷१० वर्षमा जनताले नयाँ नयाँ परिवर्तन खोजी रहेका छन् । त्यसैले २०६४ सालमा नेपाली जनताले नेपाल कम्युनिष्ट माओवादीलाई ठूलो पार्टी बनाए । २०६४ बाट फेरी २०७४ मा वाम पार्टीहरुको गठबन्धनलाई ठूलो बनाउने संकेत देखिएको छ । तर परिवर्तनकामी नेपालीहरुले ति सबैखाले अनुभूति पाउन सकेका छैनन् । यसपटक पनि वामगठबन्धन पहिलो हुने संकेत देखिदै गर्दा जनता भने ठूला राजनैतिकहरुबाट त्यति खुशी हुन सकिरहेको छैनन् । यस पटकको निर्वाचनले दिएको सन्देश के हो भने ठूला पार्टीहरुले गरेको गल्तीहरु पुनः नदोहो¥याउन भन्ने पनि हो । जसरी माओवादीले २०६४ सालमा संविधानसभाको निर्वाचनमा २२० सिट लेराएर मात्तिएको र अहिले आएर सत्ताबाट समेत बाहिरिनु परेको स्थिति यस पटक सिर्जना नहोस् । किनभने अहिले वामगठबन्धन जसरी जुन रुपमा गठबन्धन भित्र बाँधिएको छ, त्यो स्वार्थपूर्तिका र सत्ता हड्प्न नभै नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका कार्यहरु द्रुत गतिमा अगाडि बढाउन सकेमा मात्र गठबन्धनमा सार्थक हुन सक्छ नत्र हात्ती आयो, हात्ती फुस्स हुन सक्छ । त्यसैले यो प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचन २०७४ को मुख्य उद्देश्य नयाँ नेपालमा संविधान कार्यान्वयनमा पूर्णता दिनुनै मुख्य उद्देश्य रहेकोले सबैको ध्यान त्यतै जान जरुरी छ भने संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासलाई निरन्तरता दिन जरुरी छ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ मंसिर २५, ०९: ०७

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ मंसिर २५, ०९: ०७

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ मंसिर २५, ०९: ०७

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...