नेपालगञ्ज । नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले यही निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् ।
नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूर्ति बनाउन भ्याइनभ्याइ छ । अस्थायी टहरा निर्माण गरेर उनले एक महिनादेखि मूर्ति बनाउँदै आएका छन् । घटस्थापनाको दिनसम्म माग आए अनुसार सबै मूर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काममा व्यस्त छन् ।
सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले बनाउने मूर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिने गरेको उनको भनाइ छ । दसैँको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफैँ बनाएर बिक्री गर्ने गरिएको बताए ।
तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...