भारत–नेपाल सांस्कृतिक महोत्सवले साझा संस्कृति र सम्पदा मनायो – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

भारत–नेपाल सांस्कृतिक महोत्सवले साझा संस्कृति र सम्पदा मनायो

काठमाडौं । भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा यही मंसीर २२ गते लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव मनाएको छ

महोत्सवमा बौद्घ धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्घ सांस्कृतिक सम्पदा तथा परम्परालाई देखाइएको थियो । महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको ‘स्याण्ड मण्डला’ चित्रकला प्रदर्शनी, प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्वीरमा आधारित फोटो प्रदर्शनी गरिएको थियो ।

भारतीय र नेपाली परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रमसमेत रहेको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संयुक्त रुपमा उक्त महोत्सवको उद्घाटन गरेका थिए ।

महोत्सव उद्घाटन समारोहमा बौद्घ सम्पदा स्थलका आकर्षक तस्वीर समेटिएको फोटो प्रदर्शनीलाई समावेश गरिएको थियो । प्राचीन कालदेखि अहिलेसम्मको बौद्घ धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे विस्तृत जानकारी यस फोटो प्रदर्शनीले दिएको थियो ।

स्याण्ड मण्डला चित्र एक परम्परागत बौद्घ कला हो । जसमा रंगीन बालुवाको प्रयोग गरी जटिल डिजाइनहरु सिर्जना गरिन्छ । प्रदर्शनीमा भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो ।

मंसीर २२ गतेको बिहानी लुम्बिनी बौद्घ विश्वविद्यालयमा महोत्सवकै एक हिस्साको रुपमा “सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्घ शिक्षाको प्रभाव अन्वेषण” शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो ।

बौद्घ दर्शनबारे जानकार भारत र नेपालका प्रख्यात विद्वानहरुले उक्त गोष्ठीमा भाग लिई आधुनिक संसारमा बौद्ध शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार राखेका थिए । यस्तो महोत्सव अब हरेक वर्ष लुम्बिनीमा आयोजना गर्ने र साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरुलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने निर्णय गरिएको छ ।

महोत्सवले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको छ । स्याण्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी आगन्तुकहरुका लागि महोत्सवको दोस्रो दिन अर्थात मंसीर २३ गते पनि खुला रहेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८० मंसिर २३, ०६: ५७

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०८० मंसिर २३, ०६: ५७

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०८० मंसिर २३, ०६: ५७

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...