
काठमाडौं । नेपाली कांग्रेस डोटीका पुराना नेता, पूर्व कार्यबाहक तथा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति, पूर्व जिल्ला उपसभापति, पूर्व कार्यवाहक सभापति एवं नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य ७६ वर्षीय पदम सिंह बमको निधन भएको छ । २००४ साल असोज २७ गते जन्मिएका बमको मंसिर २१ गते राति ११ः३० बजे असामयिक निधन भएको हो ।
बमका ५ छोरा र ३ छोरी रहेका छन् । छोराहरु नेपाली काग्रेस प्रदेश सभा (ख) उपसभापति शेर बहादुर बम, नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रीय सदस्य मीन वम , नेपाल पत्रकार महासंघ डोटी उपाध्यक्ष अरुण वम, भरत बम र गोकुल बम रहेका छन् । छोरीहरु बसुन्धरा मल्ल वम, कृष्णा कुमारी वम, लक्ष्मी देउवा वम रहेका छन् ।
स्वर्गीय बमले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको नेपाली कांग्रेसद्वारा विज्ञप्तीमा जनाइएको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय बमले पार्टी र लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको योगदान पार्टीमा सदैव स्मरणीय रहनेछ । सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन् । सभापति देउवाले साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । नयाँ विकल्प डट कमका तर्फबाट पनि स्वःपदम सिहं बमप्रति हार्दिक श्रद्धासुमन !
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...