
काठमाडौँ । बिहान(साँझ फुटपाथ व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्।
सोमबार फेसबुकमा स्ट्याटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईः ले अनुरोध गरेका हुन्।
‘शहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यस (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ, ’उनले लेखेका छन्, ‘शहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।’
उनले ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने बताएका छन्। उनले मङ्गलवार ३ बजेदेखि उभिने बताएका हुन्।
यस्तै, अभियान्ता ईःले कर लेऊ, गरी खान देऊ, विस्थापन होइन, व्यवस्थापन गर उनले लेखेका छन्।
यसअघि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित अभियन्ता ईः १९९ घण्टासम्म राष्ट्रिय सभागृह अगाडि उभिएका थिए।
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...