काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन सेयर बजारमा उच्च अंकको सुधार आएको छ। साताको पहिलो दिन समेत रहेको आइतबारको कारोबारमा नेप्से परिसूचक ३१.६२ अंकले बढेको हो। नेप्से १.५१ प्रतिशतले बढेर २१२०.६२ अंकमा पुगेको दिन सेन्सिटिभ इन्डेक्स ४.०२ अंकले बढेर ३८८.१७ अंकमा पुगेको छ।
कारोबार सुरु भएको केही मिनेटमै उच्च सुधार आएयता दिनभर सकारात्मक नै रहेर नेप्सेले सुधार आत्मसाथ गरेको हो। सोक्रममा २ सय ११ कप्पनीको सेयर मूल्य बढेका छन् भने ३३ वटाको घटेका छन्। यता माछापुच्छ्रे बैंक, मितेरी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको मूल्य यथावत रहे।
यसक्रममा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। थप ६ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। सर्वाधिक कमाउनेहरू हिमालयन पावर, कालिका पावर, तेह्रथम पावर, मध्यभोटेकोशी जवि र माथिल्लो मैलुङ खोला जवि रहे।
बढेको बजारमा मेगा म्युचुअल फन्ड १को इकाइ मूल्य सर्वाधिक घट्यो। निर्धन उत्थान लघुवित्त, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र सनराइज ब्लुचिपका लगानीकर्ता पनि बढी गुमाउनेको शीर्ष ५ मा परे।
दिनभर ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको छ । ९४ हजार ५ सय २६ कारोबारमार्फत् कुल ३ सय १४ स्क्रिप्टका १ करोड ६६ लाख ५ हजार २ सय ३४ इकाइ सेयर किनबेच भएको हो। कारोबार रकम गत बिहीबारको तुलनामा १ अर्ब १५ करोड बढी हो। बिहीबार नेप्से ०.६२ अंकले घटेकामा दिनभर ४ अर्ब ३० करोडको सेयर किनबेच भएको थियो।
आइतबार सबैभन्दा बढी सेयर किनबेच नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भएको छ। कम्पनीको ३५ करोड ६८ लाखको संस्थापक सेयर किनबेच हुँदा सोनापुर मिनिरल्स एन्ड आयलको २४ करोड ३ लाखको सेयर कारोबार भयो। कारोबार रकमको आधारमा हाथवे इन्भेस्टमेन्ट, अरुण भ्यालि हाइड्रो र अरुण कावेली पावर पनि शीर्ष ५ मा अटाए।
नेप्से बढेको दिन होटल तथा पर्यटनबाहेक सबै समूहगत उपसूचक हरियो देखिए। होटल समूह ०.०१ प्रतिशतले घट्दा अन्य समूह सर्वाधिक २.७७ प्रतिशतले उकालो लाग्यो।
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। सार्वजनिक यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...