थारु संस्कृतिलाई जगेर्ना गर्न सङ्ग्रहालय बनाइने – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

थारु संस्कृतिलाई जगेर्ना गर्न सङ्ग्रहालय बनाइने

खजुरा (बाँके) । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रम भइरहेका छन् । सोही अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम–२०८०’ गरिएको छ ।

थारु सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ-५ छमनियाँ बाँकेद्वारा आयोजित कार्यक्रममा थारु संस्कृतिलाई जगेर्ना गर्नमा जोड दिइएको छ ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाले थारु समुदायको हक अधिकारका लागि प्रतिबद्धता रहेको जनाउँदै स्वर्गीय बैजनाथ थारुको सम्मानार्थ गाउँपालिकाले थारु सङ्ग्रहालय निर्माण गर्ने बताए ।

अध्यक्ष शाहीले आफ्नो कार्यकालभित्रै गाउँपालिकामा सङ्ग्रहालय निर्माण गरेर त्यहाँ थारु कला, संस्कृतिका साथै स्वर्गीय बैजनाथ थारुको जीवनीबारे जानकारीमूलक सामग्री राखिने जानकारी दिए । उनले भने, “थारु सङ्ग्रहालय निर्माण गर्नका लागि मैले जुन कुराको प्रतिबद्धता गरेको छु, त्यो म आफ्नो कार्यकालभित्र पूरा गर्छु।”

नागरिक उन्मुक्ति पार्टीका जिल्ला संयोजक चन्तराम थारुले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लडाइँमा थारु समुदायको योगदान रहेको चर्चा गर्दै नयाँ वर्षका रुपमा रहेको माघी पर्व थारु समुदायको पौराणिक संस्कृतिसँग जोडिएको विशेष पर्व भएको औँल्याउए । थारु कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद थारुले माघी पर्व सद्भावसँग जोडिएको विशेष पर्व भएको बताए ।

‘बहु सांस्कृतिक र बहुधार्मिक विविधता भएको देशमा थारु समुदायको माघी पर्वको छुट्टै खालको विशेषता छ, उनले भने, “आजकै दिनदेखि हाम्रो नयाँ वर्ष सुरु हुन्छ, यो दिनमा हामी नयाँ कामको थालनी गर्छ।” दुई दिनसम्म चल्ने कार्यक्रममा बैजनाथका ३१ गाउँका बड्घरद्वारा थारु मौलिक नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०८० माघ २, १३: ०८

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०८० माघ २, १३: ०८

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०८० माघ २, १३: ०८

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...