कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो ।

अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनक अनुसार सबैभन्दा बढी बहाल करमा एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ ।

त्यस्तै, सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।

विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेपनि चालु आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपाको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए । चालु आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाइ थियो ।

यसवर्ष कामपाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल उपर गर्न सहज भएको काफ्लेले बताए ।

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका-२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ । निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दवैका बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्ने छ ।

लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारेसमेत उल्लेख गरेको हुनुपर्ने छ ।

सम्बन्धित समाचार

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०८० माघ ३, १२: ५४

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०८० माघ ३, १२: ५४

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशत वृद्धि
सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशत वृद्धि
  • २०८० माघ ३, १२: ५४

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। सार्वजनिक यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा...