सुर्खेतमा बुवाले गरे छाेरीकाे बलात्कारपछि छाेराकाे हत्या – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सुर्खेतमा बुवाले गरे छाेरीकाे बलात्कारपछि छाेराकाे हत्या

सुर्खेत । सुर्खेत पश्चिमको पञ्चपुरीमा २१ वर्षीय युवाको हत्यामा उनकै बाबुको संलग्नता देखिएको छ । मंगलबार राति १ बजे घर नजिकै युवक मृत भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो ।

प्रहरीले घरमुनिको बाख्रा खोर नजिकै सुकेको घाँसले छोपेको अवस्थामा शव फेला परेको थियो । युवाको धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली तालिम प्राप्त कुकुरसहित पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा युवकको हत्यामा उनकै बाबुको संलग्नता देखिएको एक अनुसन्धान अधिकृतले बताए । ‘हत्या योजनाबद्ध देखिन्छ’ उनले भने । प्रहरीका अनुसार उनको घरमा मृतककी बहिनी घाइते अवस्थामा परेकी थिइन् । उनले पनि दाइको हत्या आफ्नै बुवाले गरेको बयान प्रहरी समक्ष दिएकी थिइन् ।

उनीहरुका आमाको दुई परिवार छ । आमाले दोस्रो बिहे गरेपछि बुवाले कान्छी श्रीमती ल्याएका थिए । बाबु भारतमा बस्दै आएका थिए, दाजुबहिनी मात्र बस्थे । गत असोजमा भारतबाट घर आएका बाबुले किशोरी छोरीमाथि बलात्कार गरेका थिए । किशोरीले यसबारे कान्छी आमालाई भनिन् । उनले बाहिर नभन्न सम्झाइन् । तर किशोरीले दाइलाई भनिन् । किशोरीका दाइ र जिल्लाकै एउटा गैरसरकारी संस्थाको सहयोगमा कात्तिकमा जाहेरी दर्ता भयो ।

त्यसबेला नै बाबुले धम्की दिएका थिए । मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत गए । भारत भागेका उनी केही दिनअघि नेपाल फर्किएको सूचना प्रहरीले पाएको थियो । तर उनले घरमा आएर छोराको हत्या गरेर भागेको प्रहरीको आशंका छ । ‘उनी जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ । उनले नै छोराको हत्या गरेर फरार भएको देखिन्छ,’ घटनास्थलमा खटिएका प्रहरी अधिकारीले भने ।

मृतक युवकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएको छ । मृतककी बहिनीले जाहेरी दिएपछि मृतकको शव पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

सम्बन्धित समाचार

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०८० माघ ३, १३: ००

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०८० माघ ३, १३: ००

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०८० माघ ३, १३: ००

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...