तीन कविलाई व्यथित काव्य सम्मान – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

तीन कविलाई व्यथित काव्य सम्मान

काठमाडौं । साहित्यिक पत्रकार सङ्घले समकालीन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि वैरागी काँइलाले कवि मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गरे ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सम्मान पाउने कविहरुको परिचय गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि वैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८० माघ २२, १४: ४९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८० माघ २२, १४: ४९

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८० माघ २२, १४: ४९

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...