
काठमाबडौं। नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी तीनजना मन्त्रीलाई फिर्ता बोलाउने अन्तिम तयारी गरेको छ।
यसको जानकारी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई गराइसकेका छन्।
माओवादीले १ वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको हो।
सत्ता गठबन्धनको बैठकमा सहभागी एक नेताले भने,‘प्रधानमन्त्रीजीले माओवादीका मन्त्री फेरबदल गर्ने जानकारी गराउनु भएको छ। तर थपिनेमा माओवादीबाट २ जना मात्र हुनेछन्।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङलाई फिर्ता बोलाउन लागेका हुन्।
उर्जा र सञ्चारमा माओवादीकै नयाँ मन्त्री बन्नेछन् भने पर्यटनमन्त्री नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बन्ने सहमती भइसकेको छ।
मंगलबार (हिजो)मात्रै बजेट पास भएको छ। अब प्रधानमन्त्री मन्त्री परिवर्तनको गृहकार्यमा लाग्ने माओवादीका एक पदाधिकारीले बताए।
माओवादीमा नयाँ मन्त्रीका लागि दर्जन बढी आकांक्षी छन्। तर चर्चामा माधव सापकोटा,महेन्द्र शाही र राजन दाहाल छन्। सम्भवत कर्णालीबाट प्रतिनिधित्व गराउन र जनार्दन शर्माको सम्भावित शक्ति एकीकृत अभियानलाई धक्का दिन पनि शाहीलाई मन्त्री बनाउने सम्भावना छ।
स्रोतका अनुसार माधव सापकोटा सञ्चारमन्त्री बन्नसक्ने सम्भावना बढी छ भने शाही शाही उर्जा मन्त्रालयमा जाने चर्चा माओवादीमा छ। सापकोटालाई मन्त्री बनाउन अग्नी सापकोटाको दबाब छ। जसले गर्दा जनजाति समुदायबाट प्रतिनिधित्व गरिरहेका नुवाकोटका हितबहादुर तामाङलाई फिर्ता वोलाउन खोजिएको छ।
तर, माओबादीभित्रै नारायणकाजी श्रेष्ठलाई फिर्ता वोलाएर तामाङलाई यथास्थितिमा राख्न पनि दबाब छ। उता जनमत पार्टीबाट सीके राउतलाई परराष्ट्रसहित उपप्रधानमन्त्री बन्न प्रधानमन्त्री दाहालले आग्रह गरेका छन्।
काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...
काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...
काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...