श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता दिसानयकेले लिए सपथ – Naya Bikalpa
May 14, 2025, Wednesday      Epaper

श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता दिसानयकेले लिए सपथ

कोलम्बो। श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले आज शपथ लिएका छन्।

नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायकेले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको पत्रिका डेली मिररले जनाएको छ।

दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बनेका हुन्। शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोश्रो चरणमा भएको मतगणनामा उनी निर्वाचित भएका हुन्।

पहिलो राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरेका थिए। दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो। विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भएका थिए।

दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन्। चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए।

संकटकालदेखि नै व्यवस्थित परिवर्तनको माग गर्दै आएका मतदाताहरूको मनमा उनको आशाजनक सन्देश गहिरो जरा गाडेको विश्वास गरिन्छ।

सन् २०२२ मा तत्कालिन राष्ट्रपति गोटाबाया राजापाक्षेको जनस्तरबाटै विद्रोहसहित हिंसा भड्किएपछि पदबाट राजीनामा दिनुपरेको थियो। त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो। त्यसपछि शनिबार श्रीलंकामा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको हो।

श्रीलंकामा १ करोड ७० लाख मतदाता छन् र देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ।

यद्यपि, प्रहरीले “सार्वजनिक सुरक्षा” लाई ध्यानमा राख्दै शनिबार राति कर्फ्यू घोषणा गरेको थियो र यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याइएको थियो।

करिव ७० प्रतिशत मत खसेको राष्ट्रपतीय निर्वाचनमा ३८ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि सामेल थिए।

अब दिसानायके नेतृत्वको जनमुक्ति मोर्चा (जेभेपी) गठबन्धनको सरकार बन्ने भएको छ।

सम्बन्धित समाचार

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
  • २०८१ आश्विन ७, १४: ११

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार...

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
  • २०८१ आश्विन ७, १४: ११

गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई...

स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
  • २०८१ आश्विन ७, १४: ११

काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल...