आप्रवासीविरुद्ध ट्रम्प आक्रोशित – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

आप्रवासीविरुद्ध ट्रम्प आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीविरुद्ध फेरी कडा रुपमा प्रस्तुत भएका छन् । बिहीबार सांसदसँगको छलफलमा राष्ट्रपति ट्रम्पले कामै नलाग्ने देशबाट आएका आप्रवासीलाई अमेरिकाले किन स्याहर्ने भन्दै आक्रोस व्यक्त गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताए । हेइटी, एलसाल्भाडोर सहितका अफ्रिकन मुलुकको नाम लिँदै ट्रम्पले यस्तो आक्रोश पोखेका हुन् । राष्ट्रपतिको यस्तो अभिव्यक्तिबारे जिज्ञासा राख्दा ह्वाइटहाउसले पनि अस्वीकार नगर्दै केही अमेरिकी राजनीतिज्ञ विदेशी मुलुकका लागि लड्छन् भने ट्रम्प अमेरिकी जनताको हितका लागि संघर्षरत छन् भन्ने बताएको छ । आप्रवासीविरुद्ध कडा नीतिका पक्षमा रहेका ट्रम्प सँधै अमेरिकालाई बलियो, समृद्ध र अगाडी बढाउन सक्ने गुणस्तरीय आप्रवासीका पक्षमा रहेको र यसको स्थायी समाधानको खोजीमा जुटिरहेको पनि ह्वाइटहाउसले जनाएको छ । कानूनी मार्गबाट अमेरिकामा सुरक्षित भविष्य खोज्ने आप्रवासीका कारण अमेरिकी नागरिकको जीवन कठीन र संघर्षमय बन्ने गरेको पनि दावी गरिएको छ ।

सांसदसँगको छलफलमा ट्रम्पले आप्रवासीप्रति कडा नियम लागू गर्नुपर्ने पक्षमा लगातार लबिङ गरिरहेका उल्लेख छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्तालाई सकरात्मक भनेका छन् । वार्ताले यी दुई देशबीचको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो ऊर्जा दिएको उनले बताए । हालै दक्षिण कोरियामा सम्पन्न दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् । उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रूपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०७४ माघ २, ०८: ४२

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०७४ माघ २, ०८: ४२

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०७४ माघ २, ०८: ४२

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...