अभिव्यक्ति स्वतन्त्रता खुमच्याउने रणनीतिमा सरकार – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

अभिव्यक्ति स्वतन्त्रता खुमच्याउने रणनीतिमा सरकार

सन् २०१८ मा जस्तै नेपालको प्रेस स्वतन्त्रता हनन्को घटनाहरु सन् २०१९ पनि दोहोरियो । सन् २०१९ पनि नेपालको पत्रकारीता क्षेत्रले चुनौतीपूर्ण कार्य व्यहोर्दै आउनुप¥यो । सन् २०१८ भन्दा सन् २०१९ मा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु तुलनात्मक रुपमा केही कमी भएता पनि नेपाली प्रेसमाथि सरकारकार पक्ष र गैर सरकार पक्षबाट गिद्वे दृष्टि रहिरह्यो । त्यसैले सन् २०१९ मा प्रेस स्वतन्त्रताको उपभोग गर्ने वातावरण झन् जटिल रुपमा बितेको तथ्यांकहरुले देखाएको छ ।

सन् २०१८ मा प्रेस स्वतन्त्रताको ५८ वटा घटनाहरु घटेका थिएभने यस वर्ष ५० वटा प्रेस स्वतन्त्रताका घटनाहरु घटेका छन् । संवैधानिक व्यवस्थाले नेपालको प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गरेतापनि नेपाली पत्रकारहरुले निर्वाध र स्वतन्त्र रुपमा प्रेस स्वतन्त्रता उपभोग गर्ने वातावरण अझै पनि बन्न सकिरहेको छैन । अहिलेसम्म पनि पत्रकारमाथि आक्रमण, गैरराज्य पक्षबाट पत्रकारको हत्या, पत्रकारमाथि हुने दुव्र्यवहार, धम्की, पेशाबाट विस्थापित, समाचार संकलनमा अवरोध, पेशागत असुरक्षा, विभिन्न वहानामा प्रहरी नियन्त्रण तथा पत्रकारलाई हिरासतका राख्ने घटनाहरु बारम्बार दोहोरिरहेका छन् ।

संघीय लोकतान्त्रिक संविधान निर्माणपछि बनेका तिनै तहका सरकारहरुले बनाउने प्रेस कानुन पत्रकारितामाथि अंकुस लगाउने खालको बनाउने प्रयास भइरहेको देखिन्छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने कुनैपनि कानून नेपाली प्रेसले इन्कार गर्दै आएको छ ।

तरपनि सरकारले जबरजस्ती प्रेसलाई नियन्त्रण गर्ने खालको कानून निर्माण गर्नतर्फ लागि परेको देखिन्छ । नेपाली पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघले तिनै तहका सरकारहरुलाई प्रेस सम्बन्धी कानून बनाउँदा प्रेस स्वतन्त्रतामाथि अंकुश नलगाउन र सञ्चारमैत्री बनाउन आग्रह गरिरहँदा पनि कतिपय प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको अवस्था विद्यमान छ ।

हालैमात्र सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी सूचना प्रविधि विधेयक अघि बढाएको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने सो विधेकयले वर्तमान अवस्थामा रहेको नेपालको मिडियालाई झस्काएको छ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नाममा सो विधेयकमा पाँचवर्ष जेल र पन्ध्र लाख जरिवाना गर्ने कानून निर्माण भयो भने पक्कै पनि नेपाली प्रेस निर्वाध रुपमा चल्न कठिन हुने देखिन्छ ।

त्यसैले सरकारले पटक–पटक व्यक्त गरेको र लिखित रुपमा छाता संगठनसँग गरेको प्रतिबद्धता कार्यान्वयन नगर्ने हो भने प्रेस स्वतन्त्रता हनन्का घटनाहरु झन्झन बढ्दै जाने देखिन्छ । त्यसैले २०२० पनि नेपालको प्रेस चुनौतिपूर्ण हुने आंशका पैदा भएको छ ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ पुष २१, ०८: १७

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ पुष २१, ०८: १७

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ पुष २१, ०८: १७

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...