
१. महाविपत्ति र त्यसपछिको उद्धार
२०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस विपत्तिको भयावह परिणामबाट जतिकहालिएपनिखप्नै पर्ने रहेछ । अहिलेसम्म जति मृतकहरुको शवहामीले प्राप्त गरेका छौँ, त्योभन्दा धेरै नदीको गर्भमा, पुरिएर र नदीको वहावमाकताकतापुगे होलान् भन्ने अनुमानमात्र गर्न सकिन्छ । दुई हप्तापुग्नलाग्दापनिसुरुङ् भित्रगुम्सिएर रहेका जीवनहरु फेलापार्ने प्रयास कायमै छ ।
दसौँ दिन, एघारौँ दिन सुरुङ्भित्रज्युँदै भेटिनु भएका सञ्जय साह, कबिर महर्जन र चिनियाँमित्र र आफ्नै भत्किएको घरमापुरिएर रहनु भएकी चण्डिका श्रेष्ठको जीवित नै उद्धार हुनसक्दा सुरुङ्भित्र र बाहिर सहायताको प्रतीक्षा गरिरहेका मानिसहरुको संख्या हेर्दा अझै जीवित फेलापार्न सकिन्छ कि भनेर उद्धारकर्ताहरु आफ्नो ज्यान जोखिममापारेर भएपनिलागिरहेका पाइन्छन् । कतिसम्मभने चण्डिकाजीको त काजकिरिया सुरु भएको चौथो दिनअर्थात् पुरिएको ११आँै दिनउहाँको जीवितै उद्धार भएकोमा दैवीचमत्कारको रुपमालिइएको छ र अरु पनिजीवित भेटिन सक्ने आशापलाएको छ ।
ती स्वदेशीतथाविदेशी उद्धारकर्ताहरु जो आफनो ज्यान जोखिममापारेर भएपनिअरुको जीवनबचाउनलागिरहेका छन्, तिनलाई साधुवाददिनैपर्छ र उनीहरुको सद्प्रयासको महान सेवाप्रतिलाखलाखधन्यवादज्ञापन गर्नुपर्छ । सरकारी अाँकडामा करिब १४००मानिसहरुको शव फेला परेको हो,करिब ५हजार हराएका छन् र नचिनिने गरी सड्न थालेका शवहरु सुरक्षितसाथ माटोमुनि राखिएको छ । यो अन्तिम सद्गत्को प्रक्रियानभई शवव्यवस्थापनका रुपमा राखिएको हो भनिएको छ । अर्थात् शवचिनिने अवस्थामा छैन, बरु परिवारमाहराएकाव्यक्तिहरु भेटिने छन् र उनीहरुलाई डिएनए मिलान गरेर मात्र सत्गत्का लागिदिइने छ ।
यो महाविपत्ति कसैले चाहेर आएको पनिहोइन, कसैले चाहेर रोकिने पनिथिएन । तर जलवायु परिवर्तनका कारणले भएको हो, जलवायु परिवर्तनका कारकतत्वहरु पत्तालागेका पनि छन् र त्यसकालागिहामी नेपालीलाई जलवायु न्यायचाहिएको कुरा अब विश्वमञ्चमा सकारात्मकरुपमा उठाउनु पर्छ । हामीजस्ता अरु देशहरु पनि छन् । हामीहिमाली सुनामीका कारणले पीडित भएका छौँ भने कति समद्री सुनामीबाट पीडित छन् ।
जे होस् , जलवायुका कारणले विपत्तिमा परेका हौँ या प्राकृतिक या मानवीय कारणले विपत्तिमा परेका हौँ हामीलाई त्यसको क्षतिपूर्ति चाहियो, बाँच्ने आधार चाहियो । अहिले नेपालमा बाढीपश्चात्को अवस्थामा राहतचाहिएको छ मानवीय, भौतिकतथामनोवैज्ञानिक । विश्वका देशहरुले हामीलाई माया गरेका छन् , उद्धारका लागि सहयोग दिएर, बाँच्नकालागितत्कालीन सहयोग उपलब्ध गराएर । अब हामीले तत्कालकालागिचाहिने सहयोग र दीर्घकालीनअवस्थाकालागिआवश्यकयोजनातयार गर्नुपर्छ ।
र पीडित अवस्थाबाट सहजीकरणतर्फ लैजानु पर्छ । पीडितको उद्धार र उनीहरुको बाँच्नपाउने हककालागि राज्यले न्यायदिनु पर्छ । नयाँनयाँ वस्तीका लागि सुरक्षित ठाउँ खोजेर भने पनिहिमाली सुनामीबाट पीडित रसुवा, नुवाकोट र धादिङ्का नेपालीहरुले बाँच्नपाउनु पर्छ त्यो पनि सम्मानका साथ । सबैतिरबाट सहयोग आएको छ , त्यसको सदुपयोग गर्नुपर्छ ।
२.र फेरि नेपालीकांग्रेसका कुरा गराँै
नेपालमाप्रजातन्त्रपनि चाहिन्छ, प्रजातन्त्रको पर्याय बनेको नेपालीकांग्रेस पनि चाहिन्छ, प्रत्येक पुनर्जागरणको शंखघोष गर्ने नेपालीकांग्रेस पनि चाहिन्छ तर स्वयं नेपालीकांग्रेस आफैँ सिद्धिनका लागितयारी गरिरहेको देखिन्छ । सुनिन्छ, शेरबहादुर देउवापक्षधरहरुले नयाँकार्यक्रम घोषणा गरेर पार्टीलाई रसातलतर्फ धकेलेको सुनिन्छ । अहिले भनिने गरेको संस्थापनपक्ष र इतर पक्षकिन एकैठाउँमा बसेर नयाँ संगठनको खाका कोर्न नसकेको ?यदि देउवापक्षधरले आफूलाई मात्र नेपालीकांगै्रसको आधिकारिक संस्थामान्ने हो भने महाधिवेशनमाचुनौतीदिएर एकलौटी जिते भयो । यदि यो लिँडे ढिपी लिने हो भने मुलुकको अवस्थाले नयाँ रुप लिनथालेको छ र दलहरु आपसमा हुँडिलिएर विनिर्माणको बाटोमालाग्ने निश्चित छ । आशा गरौँ यो समस्याको समाधानहुनेछ ।
प्रजातन्त्रको मायाहो कि ढिपीको मायाहो भन्ने कुरामादुवैपक्षले आफूलाई समीक्षा गर्न सकिन्छ । समय वलवान छ । सधैँ एकैप्रकारले त्यसको परिणाम आउँदैन । चेतनाभयो । अब समयको पदचाप सुनेर मुलुकको लागिआवश्यकचुस्त नेपालीकांग्रेसको संगठन तयार गर्ने र तन, मन र धनले मुलुकको सेवा गर्ने मनसायभएकाकार्यकर्ताहरुको संगठन आवश्यक छ भन्ने मनन गर्ने बेलाआएको छ । मेरो गोरुको बाह्रै टक्का भन्ने दिन अब छैनन् । तीमतदाताहरु जसले अप्ठेरो बेलामापनि मत दिएतिनको अपमान गर्ने अधिकार कसैलाई छैन भन्ने कुरा देउवापक्षधर हौँ भन्ने र गगनपक्षधर हौँ भन्ने सबैले बुझून् । प्रजातन्त्रको कसैको पेवाहोइन, यो त आदर्श हो, अभ्यास हो जसको नेतृत्व नेपालीकांग्रेसले आठ दशकदेखि गरेको थियो । अहिले आएर यो के भयो भनेर मतदाताचिन्तित छन् । छिटै समस्या समाधान गरेर महाधिवेशनगरुन् भन्ने चाहन्छन् नेपालीजनता र उसकामतदाताहरु ।
३. श्रद्धाञ्जलि वसन्त
हामीअग्रजहरुले आफ्ना अनुजहरुको हातले लेखेको स्वादमानेर पढ्ने र भोलिको साहित्य, पत्रकारितालाई कसरी फस्टाउने छ भनेर अनुमान गर्ने बेलामाएकजनाहोनहार पत्रकार, कलमजीवीवसन्तप्रकाशउपाध्यायको असामयिकनिधनले मन अमिलो भएको छ । कुँडिएको छ । सायद कसैको नहुने अनि स्वतन्त्रधारमा रहने चाहने अभिव्यक्तिका साधकहरु सबै कलमजीवीको यहीअकालमृत्यु वरण गर्नुपर्ने अवस्थाहो कि ?भन्ने शंकालाग्नथालेको छ । ऊसँगकाअन्तरंग कुरा धेरै हुने हामीथुप्रै अग्रजतथाअनुज, भाइबहिनीकामनमाहोला, तर अहिले यतिमात्र लेख्न सकेँ, भाइवसन्तप्रतिहार्दिक श्रद्धाञ्जलि।
४. र अन्त्यमा, छापा पत्रकारिताको घाँटी निमोठ्ने कामबन्द गर
अहिले यसैपनिछापा पत्रकारिता संकटमा थियो,झन सरकारले पत्रमपुष्पम् भनेपनिदिइरहेको विज्ञापनको नीतिमाअनावश्यक परिवर्तन गरेर त्यसमा घाउमा नुनचुकलाएजस्तै गरी विभेदजनककाम गरेको रहेछ । तत्कालत्यो विभेदजनककार्य वन्द गरी दिगोरुपमा छापा पत्रकारितालाई कसरी सञ्चालन गर्ने भन्ने नयाँ सकारात्मकनीति तय गरोस् नेपाल सरकारले भन्ने माँग छापा पत्रकारहरुले राखिसकेका छन् । तीमागहरु तत्काल पूरा गरेर राज्यले समन्यायको सिद्धान्त पूरा गरोस् अभ्यासमार्फत् ।(नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...
काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...