सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज

काठमाडौं ।  सैनिक पोशाक तथा नेपाली सेनासँग मिल्दोजुल्दो संरचना र दर्ज्यानी चिह्न प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज गरिएको छ।

भोटेकोशी–त्रिशूली बाढीपछि सैनिकजस्तो पोशाकमा संस्थाका सदस्यहरू उद्धार तथा राहतका गतिविधिमा फिल्डमा देखिएपछि संस्थाको गतिविधि र संरचनामाथि प्रश्न उठेको थियो।

कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा २०७७ साउनमा दर्ता भएको उक्त संस्थाले सामाजिक सेवा तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको थियो।

सैनिक स्रोतका अनुसार संस्थाको दर्ता खारेज भएसँगै यसका गतिविधिमा समेत प्रतिबन्ध लगाइएको छ। यसअघि संस्थालाई हरियो प्यारामिलिटरी पोशाक तथा सैनिक शैलीका दर्ज्यानी चिह्न प्रयोग गर्न अनुमति दिइएको विषयमा समेत विवाद उत्पन्न भएको थियो।

‘ग्रिन आर्मी’को प्रमुख सल्लाहकारमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल रहेको बताइएको छ।

सम्बन्धित समाचार

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
  • २०८३ भाद्र २२, ०७: ४२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...

बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग
बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग
  • २०८३ भाद्र २२, ०७: ४२

काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
  • २०८३ भाद्र २२, ०७: ४२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...