परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना तथा ऐक्यबद्धता प्रकट गरेकी छन्।

परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

फोनवार्ताका क्रममा दुवै विदेशमन्त्रीबीच जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका मुलुकहरूले भोगिरहेका साझा चुनौतीबारे समेत विस्तृत छलफल भएको छ।

उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा जलवायु न्यायको पक्षमा सशक्त आवाज उठाउने तथा प्रभावकारी जलवायु कार्ययोजना अघि बढाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २२, १५: ०१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २२, १५: ०१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २२, १५: ०१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...