
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता गरेका छन् ।
टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाएको रास्वपाले जनाएको छ ।
सभापति लामिछानेले सो अवसरमा नेपाल सरकारको जारी खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताएका थिए । साथै उनले विदेशमन्त्री रुबियोलाई हालै यहाँ आएको बाढीबाट प्रभावित विदेशी नागरिकहरूको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाएका थिए ।
सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेका थिए । यसैबीच विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको रास्वपाले जनाएको छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...