सप्तकोशीमा पानीको बहाव २ लाख ७ हजार क्युसेक नाघ्यो, कोशी ब्यारेजमा रातो बत्ती – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

सप्तकोशीमा पानीको बहाव २ लाख ७ हजार क्युसेक नाघ्यो, कोशी ब्यारेजमा रातो बत्ती

काठमाडौँ । पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ। बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ।

सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरेको मापनअनुसार कोशी ब्यारेज हुँदै २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको जनाएको छ।

बहाव व्यवस्थापनका लागि कोशी ब्यारेजका मुख्य ५२ र नहरका ४ गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पानीको बहाव खतराको तहमा पुग्न थालेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोशीको जलसतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ। नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र नदी किनारमा अनावश्यक गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ।

लगातार वर्षा भइरहेकाले सप्तकोशीको बहाव अझ बढ्न सक्ने भन्दै सम्बन्धित निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
  • २०८३ भाद्र २२, १४: ४८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...

बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग
बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग
  • २०८३ भाद्र २२, १४: ४८

काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
  • २०८३ भाद्र २२, १४: ४८

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...