पहिरोमा परि २९ को ज्यान गयो, ३४ बेपत्ता – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

पहिरोमा परि २९ को ज्यान गयो, ३४ बेपत्ता

गुवाहटी — भारतको मणिपुरमा पहिरोमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा २० सुरक्षाकर्मी र ९ सर्वसाधारण छन् ।

पहिरोपछि ३४ जना बेपत्ता छन् । मणिपुरस्थित नोनीमा रेल मार्ग निर्माण कार्य भइरहेको स्थानमा पहिरोमा परेकामध्ये २९ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन, बेपत्ता भएका ३८ जनामध्ये १२ सुरक्षाकर्मी र २६ सर्वसाधारण हुन् ।

पहिरो गएको स्थानबाट १३ सुरक्षाकर्मी र ५ सर्वसाधारणको उद्धार गरिएको छ । अधिकारीहरूले बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको बताएका छन् ।

खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्वयंसेवकहरू खटिइरहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोस्थल पुगेका मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले ज्यान गुमाएकाका परिवारलाई जनही ५ लाख र घाइतेलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०७९ असार १८, २२: १५

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०७९ असार १८, २२: १५

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...

डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
  • २०७९ असार १८, २२: १५

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...