एक युवकमाथि ७७ जनाको हत्या र १२० जनाको हत्या प्रयास गरेको अभियोग – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

एक युवकमाथि ७७ जनाको हत्या र १२० जनाको हत्या प्रयास गरेको अभियोग

दक्षिण अफ्रिकामा एक युवकमाथि ७७ जनाको हत्या र १२० जनाको हत्या प्रयास गरेको अभियोग लागेको छ। मंगलबार पक्राउ परेका २९ वर्षीय युवकले आफूमाथि लगाइएको उक्त अभियोग स्वीकार समेत गरेका छन्।

दक्षिण अफ्रिकाको गउटेङ प्रान्तको प्रहरी प्रवक्ता दिमाकात्सो नेभुहल्वीले ती संदिग्ध अघिल्लो वर्ष मध्य जोहानेसबर्गको डाउनटाउनस्थित पाँच तले भवनमा आगालागी भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्। प्रहरीले ती युवकको परिचय भने खुलाएको छैन।

अघिल्लो वर्षको अगस्ट ३१ मा जोहानेसवर्गको पाँच तले भवनमा आगलागी हुँदा त्यहाँ ७७ जनाको मृत्यु भएको थियो। तीमध्ये १२ जना बालबालिका थिए। ५० जनाभन्दा बढी जलेर गम्भीर घाइते भएका थिए।

पक्राउ परेका युवकमाथि त्यतिबेला आगलागीमा मृत्यु भएका ७७ जनाको हत्या अभियोग र घाइते १२० जनाको हत्या प्रयास गरेको अभियोग लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सोधपुछका क्रममा ती युवकले आफूमाथि लागेको आरोप स्वीकार गरेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। ती युवक लागु औषध कारोबारी भएको र लागुऔषध कारोबारकै क्रममा मारिएका व्यक्तिलाई जलाउने क्रममा भवनमा आगलागी हुनसक्ने आकलन अधिकारीहरूले गरेका छन्। यसबारेमा अनुसन्धान भइरहेको र आगो लाग्नुको कारण यकिन भइनसकेको बताइएको छ।

तर, आगलागी भएको उक्त भवन बेवारिसे रहेको र स्थानीय ग्याङहरूले कब्जामा लिएर सस्तोमा भाडामा लगाएको र त्यहाँ आप्रवासी र विपन्न नागरिकरहरू बस्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित समाचार

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
  • २०८० माघ ११, १२: ३०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक,...

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
  • २०८० माघ ११, १२: ३०

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै...

पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
  • २०८० माघ ११, १२: ३०

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी...