पूर्वाधारमन्त्रीको धम्की- काम नगर्ने प्रदेश मन्त्रीलाई थुन्छौं, मेयरलाई कारबाही गर्छौं – Naya Bikalpa
August 11, 2026, Tuesday      Epaper

पूर्वाधारमन्त्रीको धम्की- काम नगर्ने प्रदेश मन्त्रीलाई थुन्छौं, मेयरलाई कारबाही गर्छौं

काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जनताको काममा बेवास्ता गर्ने स्थानीय तहका प्रमुखदेखि प्रदेश मन्त्रीसम्मलाई कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

मन्त्री लम्सालले जनप्रतिनिधिहरू जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै सेवा प्रवाहमा लापरबाही गर्ने वा नागरिकलाई दुःख दिने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने बताए ।

उनले भने, “यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस् । आवश्यक कारबाही गर्छौं । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं, चिन्ता लिनुपर्दैन ।”

उनले विकास निर्माणका कामलाई कुनै पनि बहानामा रोक्न नहुने उल्लेख गर्दै सबै तहका जनप्रतिनिधिले परिणाममुखी ढंगले काम गर्नुपर्ने बताए । “काम गर्नु पनि पर्छ, गराउनु पनि पर्छ। विकास हुनैपर्छ,” उनले भने । उनले जनप्रतिनिधिलाई व्यवहार परिवर्तन गर्दै नागरिकको अपेक्षाअनुसार काम गर्न आग्रह गरे ।

मन्त्री लम्सालले संघ, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा देखिएका समस्या र गुनासा सम्बन्धित निकायसम्म पुर्‍याउन नागरिकलाई आग्रह गरे । सरकार सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रमका क्रममा उनले तनहुँ जिल्लाका लागि करिब ४ अर्ब रुपैयाँको बजेट सीमाभित्र रहेर सडक तथा पुल निर्माणका योजना अघि बढाउन सुझाव दिएका थिए । छलफलमा रास्वपाका तनहुँ जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाका विकास निर्माणका प्राथमिकताबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यसअघि उनले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएका थिए, जसको चौतर्फी आलोचना भएको थियो । अहिले प्रदेश मन्त्रीलाई नै ‘थुन्छौं’ भन्ने उनको भनाइको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ र त्यसबारे विभिन्न टिप्पणी भइरहेका छन् ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०८३ असार २२, ११: ५९

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०८३ असार २२, ११: ५९

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८३ असार २२, ११: ५९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...