उपत्यकामा वर्षा जारी, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह – Naya Bikalpa
August 11, 2026, Tuesday      Epaper

उपत्यकामा वर्षा जारी, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले वर्षाका कारण उपत्यकाका केही सडक जलमग्न र केही स्थानमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भू–भागतर्फ सरदर आसपासमा अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारीसाधन चलाउँदा तथा पैदलयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे ।

“उपत्यकामा केही समय वर्षा हुने सम्भावना छ । सडक जलमग्न हुन सक्छन्, केही स्थानमा डुबानसमेत हुन सक्छ । त्यसैले यात्रु तथा सवारी चालकले सतर्कता अपनाउन आवश्यक छ,” उनले भने ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आगामी तीन दिन देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिए । उनका अनुसार मनसुनी वायुको प्रभाव देशभर रहे पनि प्रणाली अत्यधिक शक्तिशाली नरहेकाले व्यापक रूपमा भारी वर्षाको सम्भावना भने कम छ ।

“मनसुनी हावाको प्रभाव देशैभर छ । तर प्रणाली धेरै शक्तिशाली नभएकाले पहाडी भूभागका एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्छ । धेरै आत्तिनुपर्ने अवस्था छैन, तर आवश्यक सतर्कता भने अपनाउनुपर्छ”, वरिष्ठ मौसमविद् अर्यालले भने ।

विभागका अनुसार हाल बागमती प्रदेशका चितवन र दोलखा, कोशी प्रदेशका सोलुखुम्बु र मोरङ, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद्ले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०८३ असार २२, १८: १६

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०८३ असार २२, १८: १६

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८३ असार २२, १८: १६

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...