
काठमाडौँ : आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट संघीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ ।
प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ लाई राष्ट्रिय सभाले मंगलबार बहुमतले पारित गरेसँगै बजेटले संघीय संसद्को पूर्ण स्वीकृति प्राप्त गरेको हो ।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । छलफलपछि विधेयक बहुमतका आधारमा पारित भएको हो ।
यसअघि उक्त विधेयक प्रतिनिधि सभाबाट पनि पारित भइसकेको थियो । राष्ट्रिय सभाबाट समेत स्वीकृत भएपछि आगामी आर्थिक वर्षको बजेट सम्बन्धी संसदीय प्रक्रिया पूरा भएको छ । यसैबीच, अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८३ पनि प्रस्तुत गरेका छन् ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...