मोटरसाइकलमा स्टन्ट गरेको भिडियो भाइरल भएपछि सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिवाना – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

मोटरसाइकलमा स्टन्ट गरेको भिडियो भाइरल भएपछि सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिवाना

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो बनाइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले उनीमाथि कारबाही गरेको हो । प्रहरीले गुप्ता आफैं कार्यालय पुगेर जरिवाना रकम बुझाएको जनाएको छ ।

सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । सर्वसाधारणसरह जनप्रतिनिधिमाथि पनि कानुन समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेपछि ट्राफिक प्रहरीले नियम उल्लंघनको कसुरमा उनीलाई ५ सय रुपैयाँ जरिवाना गरेको हो ।

कारबाहीपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले सबै नागरिक कानुनको नजरमा समान हुने सिद्धान्तअनुसार कारबाही भएको भन्दै स्वागत गरेका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिका लागि ५ सय रुपैयाँको जरिवाना मात्रै पर्याप्त नभएको टिप्पणी गरेका छन् ।

आलोचना बढेपछि सांसद गुप्ताले फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना गरेका छन् । उनले बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुराना सम्झना ताजा भएको र त्यही उत्साहका क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लंघन भएको आफूले महसुस गरेको उल्लेख गरेका छन् ।

उनले अब आफ्नो जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट जानी वा नजानी भएको गल्तीका लागि क्षमा मागेका छन् ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०८३ श्रावण ८, १२: ४९

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०८३ श्रावण ८, १२: ४९

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८३ श्रावण ८, १२: ४९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...