
काठमाडौं : बागलुङको बडिगाड गाउँपालिका– १ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् ।
यही १ साउनको राति लजिन थापा आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका थिए । त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब साढे १०:३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए ।
त्यसको भोलिपल्ट लजिन थापाको परिवारले लजिन बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीहरूको समेत सहयोगमा अनुसन्धान अघि बढाएको थियो ।
९ साउनको बिहान सवा ९ बजेको समयमा सोही पालिकाको मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ ।
घटनामा संलग्न सुदीप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध यसअघि व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार आइफोनको विषयमा भएको विवादपछि कुटपिट हुँदा लजिनको मृत्यु भएको खुलेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...