डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

काठमाडौं : नेपाल चिकित्सक संघले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

संघले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ ।

शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतंक सिर्जना गरिएको र सोही क्रममा डा राममाथि सांघातिक आक्रमण गरिएको संघको भनाइ छ ।

संघले भनेको छ, “स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्नेगरी पठाइएको यस्तो आपराधिक घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानुनको दायरामा ल्याई कानुनबमोजिम कडा कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०८३ श्रावण १०, १६: २२

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०८३ श्रावण १०, १६: २२

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८३ श्रावण १०, १६: २२

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...