देशभरका नेवारी समुदायको कांग्रेसको गगन-विश्व नेतृत्वप्रति बढ्दो आकर्षण, नेपाल लोकतन्त्रवादी नेवा: संघ पुनर्गठन – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

देशभरका नेवारी समुदायको कांग्रेसको गगन-विश्व नेतृत्वप्रति बढ्दो आकर्षण, नेपाल लोकतन्त्रवादी नेवा: संघ पुनर्गठन


काठमाडौं : नेपाली कांग्रेसको गगन-विश्व नेतृत्वसँग देशभरका विभिन्न जातजाति, धर्म, संस्कृति र समुदायको आकर्षण बढ्दै गएको छ। पछिल्लो समय कांग्रेससँग निकट भएर विभिन्न समुदायका संघ–संस्था गठन हुने क्रम बढिरहेको अवस्थामा नेवारी समुदायलाई समेटेर ‘नेपाल लोकतन्त्रवादी नेवा: संघ’ गठन गरिएको छ।

नेपाली कांग्रेसको विधान तथा नियमावलीले व्यवस्था गरेअनुसार पार्टीसँग निकट रही क्रियाशील रहने शुभेच्छुक संस्थाका रूपमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा आबद्ध ‘लोकतान्त्रिक नेवा: खल’को नाम परिवर्तन गरी ‘नेपाल लोकतन्त्रवादी नेवा: संघ’ कायम गर्ने निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले उक्त निर्णय गरेको कांग्रेस महामन्त्री प्रदीप पौडेलले संघलाई पठाएको पत्रमा उल्लेख छ। भदौ २ गते जारी पत्रमा पार्टीको विधान तथा नियमावली र केन्द्रीय कार्यसमितिको निर्णय तथा निर्देशनबमोजिम ‘नेपाल लोकतन्त्रवादी नेवा: संघ’को नामबाट संघका सम्पूर्ण गतिविधि तथा कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।

संघका महामन्त्री रमेशकुमार जोशीका अनुसार देशभर रहेका नेवारी समुदायलाई लोकतान्त्रिक मूल्य, मान्यता र कांग्रेससँग जोड्दै संगठित रूपमा अघि बढाउने उद्देश्यले संघ गठन गरिएको हो।

जोशीले नेपाली कांग्रेस लोकतन्त्र, विधिको शासन, कानुनी सर्वोच्चता, मानव अधिकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लामो समयदेखि उभिँदै आएको भन्दै पछिल्लो समय कांग्रेसप्रति विभिन्न समुदायको आकर्षण बढेको बताए। उनले विशेष महाधिवेशनपछि कांग्रेससँग निकट भएर काम गर्ने शुभेच्छुक संस्थाको संख्या पनि बढ्दै गएको उल्लेख गरे।

नेपाल लोकतन्त्रवादी नेवा: संघको अध्यक्षमा नरेशकुमार ताम्राकार, उपाध्यक्षमा सुधा लाल मुल्मी र पञ्चनारायण महर्जन, महामन्त्रीमा रमेशकुमार जोशी, सह–महामन्त्रीमा निलकण्ठ महर्जन, नानी हेरा डंगोल, सुदीप श्रेष्ठ र सन्तोष श्रेष्ठ तथा कोषाध्यक्षमा शुभाञ्जली मानन्धर रहेका छन्।

संघको केन्द्रीय कार्यसमितिका सदस्यहरूमा राकेश श्रेष्ठ, राजन सैजु, गोपाल श्रेष्ठ, राजनकुमार जोशी, सञ्जय जोशी, रोहित श्रेष्ठ, कविता प्रधान, दिलीपकुमार श्रेष्ठ, कृष्णधन कर्माचार्य, अरोजकुमार खड्गी, लक्ष्मी श्रेष्ठ, सुनिता श्रेष्ठ, विजय महर्जन, सुरेन्द्र हाडा, श्रीकृष्ण श्रेष्ठ, अनिश तुलाधर, श्यामकाजी श्रेष्ठ, प्रसन्न रत्न बज्राचार्य, योगिता श्रेष्ठ, विधकुमार विजुक्छे, विजुगुना जोशी, लक्ष्मी श्रेष्ठ, मधु द्याला सैजु, निला श्रेष्ठ र प्रकाश श्रेष्ठ रहेका छन्।

अध्यक्ष ताम्राकार काठमाडौं, उपाध्यक्ष सुधा लाल मुल्मी ललितपुर र पञ्चनारायण महर्जन काठमाडौंका हुन्। महामन्त्री जोशी पनि काठमाडौंका हुन्। सह–महामन्त्री निलकण्ठ महर्जन र नानी हेरा डंगोल काठमाडौं, सुदीप श्रेष्ठ ललितपुर तथा सन्तोष श्रेष्ठ पाँचथरका हुन्। कोषाध्यक्ष मानन्धर काठमाडौंकी हुन्।

त्यस्तै सदस्यहरूमा राकेश श्रेष्ठ मोरङ, राजन सैजु खोटाङ, गोपाल श्रेष्ठ उदयपुर, राजनकुमार जोशी र सञ्जय जोशी पर्सा, रोहित श्रेष्ठ धनुषा, कविता प्रधान ललितपुर, दिलीपकुमार श्रेष्ठ सिन्धुपाल्चोक, कृष्णधन कर्माचार्य काभ्रेपलाञ्चोक, अरोजकुमार खड्गी ललितपुर, लक्ष्मी श्रेष्ठ काठमाडौं, सुनिता श्रेष्ठ भक्तपुर, विजय महर्जन र सुरेन्द्र हाडा ललितपुर, श्रीकृष्ण श्रेष्ठ भक्तपुर, अनिश तुलाधर काठमाडौं, श्यामकाजी श्रेष्ठ काठमाडौं, प्रसन्न रत्न बज्राचार्य काठमाडौं, योगिता श्रेष्ठ तनहुँ, विधकुमार विजुक्छे कास्की, विजुगुना जोशी नवलपरासी, लक्ष्मी श्रेष्ठ व्युटान, मधु द्याला सैजु पाल्पा, निला श्रेष्ठ सुर्खेत र प्रकाश श्रेष्ठ कञ्चनपुरका छन्।

महामन्त्री जोशीले संघले देशभरका नेवार समुदायलाई समेट्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई बलियो बनाउन तथा कांग्रेससँगको सम्बन्धलाई थप सुदृढ बनाउन भूमिका खेल्ने बताए। उनले नेवा: समुदायका सामाजिक, सांस्कृतिक तथा राजनीतिक सरोकारका विषयलाई समेत संस्थागत रूपमा उठाउने तयारी रहेको जानकारी दिए।

महाधिवेशनको तोकिएको समय सीमा नाघेको भन्दै नेपाल आदिवासी जनजाति महसंघले यस अघिको नेवा: खल को समिती विघटन गरेको थियो।

सम्बन्धित समाचार

बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
  • २०८३ भाद्र ६, ११: ५१

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत रसुवामा आएको बाढीले सिर्जित विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै अहिलेको पहिलो...

तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
  • २०८३ भाद्र ६, ११: ५१

काठमाडौं : तिब्बत क्षेत्रमा पुनः पानीको ड्याम फुटेको सूचना आएपछि नेपालका सुरक्षा निकायले तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...

चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
  • २०८३ भाद्र ६, ११: ५१

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा स्थानीय विकास मोडेलबारे प्रस्तुति दिएका छन् ।...