रास्वपा सर्लाहीका पूर्वसभापति कांग्रेसमा प्रवेश – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

रास्वपा सर्लाहीका पूर्वसभापति कांग्रेसमा प्रवेश


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी, सर्लाही जिल्ला हरिवन नगरका पूर्व सभापति रामहरि न्यौपाने सो पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापाले सनिवार पार्टी मुख्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनलाई रातो टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी लोकतान्त्रिक काङ्ग्रेस पार्टी प्रवेश गर्नपाएकोमा आफू निकै हर्षित भएको बताए । मुलुक यतिवेला निकै अप्ठ्यारो अवस्थावाट गुज्रिरहेकोले मुलुकलाई सहि निकास लागि युवा नेतृत्वमा काङ्ग्रेस पार्टी अगाडि वढेकोले नेपालको सवैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेस नै भएकोले आफू काङ्ग्रेस पार्टी प्रवेश गरेर जनताको सेवाममा लाग्ने प्रतिवद्धता गरेका छन् ।

उक्त पार्टी प्रवेश कार्यक्रमा कांग्रेस केन्द्रीय सदस्य उज्वल बराल, नेता बजरङ्ग नेपाली, विनोद खनाल, सर्लाही कांग्रेसका नेता पुण्य प्रसाद घिमिरे, रमेश भट्टराई, राजेन्द्र भट्टराई, वेदनिधि उप्रेती, पवित्रा न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

सर्लाही क्षेत्र नम्बर ३ का सभापति समेत रहेका नेता पुण्य प्रसाद घिमिरेले भने, “हालै सम्पन्न संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउन न्यौपानेले विशेष भूमिका निर्वाह गरेका थिए। त्यस्ता प्रभावशाली नेताको पार्टी प्रवेशबाट समग्र सर्लाहीको काँग्रेस संगठनमा बल पुग्ने आशा गर्न सकिन्छ।” “नेपाल राष्ट्र बैंकको उच्च तहमा रहेर कुशल क्षमता प्रदर्शन गरिसकेका न्यौपानेको पार्टी प्रवेशबाट हामी स्थानीय काँग्रेस नेता कार्यकर्ताहरु थप उत्साहित भएका छौं” घिमिरेले थपे।

न्यौपाने केही वर्ष अघि काँग्रेस छोडेर रास्वपाको हरिवन नगर सभापति चुनिएका थिए । निर्वाचन पश्चात नैापाने उक्त रास्वपा पार्टीमा निष्क्रिय हुँदै आएका पछिल्लो समय सर्लाहि कांग्रेससँग नजिकिँदै जाँदा उनी काठमाडौंमै आएर पार्टि केन्द्रीय कार्यालयमै पुगेर एक कार्यक्रम विच सभापति गगन कुमार थापाकै हातबाट टीका खादा लगाएर पुन: आफ्नै घर फर्केका छन् ।

सम्बन्धित समाचार

बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
  • २०८३ भाद्र ७, ०७: ३२

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत रसुवामा आएको बाढीले सिर्जित विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै अहिलेको पहिलो...

तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
  • २०८३ भाद्र ७, ०७: ३२

काठमाडौं : तिब्बत क्षेत्रमा पुनः पानीको ड्याम फुटेको सूचना आएपछि नेपालका सुरक्षा निकायले तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...

चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
  • २०८३ भाद्र ७, ०७: ३२

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा स्थानीय विकास मोडेलबारे प्रस्तुति दिएका छन् ।...