इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेलको मूल्यमा गिरावट आएको छ ।

एसियाली बजारमा पनि सुरुवाती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन् । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकांक एक दशमलव चार प्रतिशतले घटेको छ । टोकियो, सांघाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र बैंककमा वृद्धि देखिएको छ । मनिला र क्वालालम्पुरका बजार भने स्थिर रहेका छन् ।

यसैबीच, कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो बढिरहेका बेला विश्वकै मूल्यवान कम्पनीमध्ये एक अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनप्रति पनि बजारको ध्यान केन्द्रित भएको छ । एआई प्रविधिको तीव्र विस्तारले कम्पनीहरूको उच्च लगानीलाई निरन्तरता दिन सक्ने वा नसक्ने विषयमा लगानीकर्ता आशावादी र चिन्तित दुवै देखिएका छन् ।

एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनिसले एआई क्षेत्रमा लगानी जारी रहे पनि त्यसको लागत बढ्दै गएको बताए । उनका अनुसार एनभिडियाले ठूलो लगानीबाट प्रतिफल प्राप्त गर्न सक्ने क्षमता प्रमाणित गर्नुपर्ने चुनौती छ ।

चिनियाँ प्रविधि कम्पनी अलिबाबाले पनि एआई क्षेत्रमा लगानी विस्तार गर्न आइतबार हङकङमा १० दशमलव दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले उक्त रकम आफ्नो विश्वव्यापी एआई पूर्वाधार र प्रविधि विस्तारमा प्रयोग गर्ने जनाएको छ ।

हङकङको सेयर बजार सोमबार दुई प्रतिशतभन्दा बढीले घटेको छ । ‘फास्ट फेसन’ कम्पनी शिनले आगामी सेप्टेम्बर १ मा हङकङमा शेयर सूचीकरण गर्ने घोषणा गरे पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन । कम्पनीको सूचीकरणबाट मूल्यांकन करिब २७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि थप आर्थिक दबाब बढाउने योजनाबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने अपेक्षा गरिएको छ । अमेरिकाले आफ्ना सहयोगी राष्ट्र तथा चीनलाई पनि उक्त अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानमाथि आर्थिक दबाब बढाउने योजना ‘नाजुक नृत्य’ जस्तै भएको टिप्पणी गरेका छन् । बेसेन्टले चीनलाई पनि अमेरिकी अभियानमा सहमत हुन आग्रह गरेका छन् ।

यसैबीच, ब्रेन्ट कच्चा तेलको मूल्य दुई दशमलव तीन प्रतिशतले घटेर प्रतिब्यारेल ९२ डलर आसपास पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्यमा पनि समान दरले गिरावट आएको छ ।

लगानीकर्ताको ध्यान यस साता अमेरिकाको ज्याक्सन होलमा हुने केन्द्रीय बैंकका अधिकारी, अर्थशास्त्री तथा वित्तीय क्षेत्रका प्रमुखहरूको वार्षिक भेलातर्फ पनि केन्द्रित भएको छ । उनीहरूले अमेरिकी मौद्रिक नीतिको आगामी दिशाबारे थप संकेतको अपेक्षा गरेका छन् ।

अमेरिकी मुद्रास्फीति र बढ्दो सरकारी ऋणका कारण अमेरिकी ट्रेजरी बन्डको प्रतिफलमा वृद्धि भएको छ । अमेरिकाको संघीय ऋण ४० ट्रिलियन डलरभन्दा माथि पुगेको बताइएको छ ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ भाद्र ८, १२: १२

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र ८, १२: १२

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ भाद्र ८, १२: १२

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...